एनएमबि बैंक र कञ्चन डेभलपमेन्ट बैंकबीच सम्झौता

माघ २६, काठमाडौँ । आईतबार एनएमबि बैंक लिमिटेडले कञ्चन डेभलपमेन्ट बैंक लिमिटेडसँग  एक सम्झौता गरेको छ । 

नेपाल राष्ट्र बैंकबाट “क” वर्गको बैंकिङ्ग कारोबार गर्न इजाजतपत्र प्राप्त एनएमबि बैंकले कञ्चनपुर जिल्ला, महेन्द्रनगर स्थित मुख्य कार्यालय रहेको नेपाल राष्ट्र बैंकबाट “ख” वर्गको बैंकिङ्ग कारोबार गर्न इजाजतपत्र प्राप्त कञ्चन डेभलपमेन्ट बैंकलाई प्राप्ति गर्ने सम्बन्धमा सम्झौता गरेको हो ।   

कञ्चन डेभलपमेन्ट बैंकको प्राप्तिले राष्ट्रको प्रादेशिक संरचनामा एनएमबि बैंकको सन्तुलित वित्तीय पहुँच मार्गचित्र कोर्न नयाँ आयाम थपिएको छ जसबाट ग्रामीण तथा शहरोन्मुख क्षेत्रमा दिगो वित्तीय सेवा र विकास प्रदान गर्ने उद्देश्य रहेको छ । 

एनएमबि बैंकले कञ्चन डेभलपमेन्ट बैंकलाई प्राप्ति गरे पश्चात यस बैंकको सुदूर पश्चिमका प्रदेशमा शाखा संख्या २४ पुग्नेछ भने एक्सटेन्सन काउन्टरको संख्या ४ पुग्नेछ ।   यसबाट बैंकको उक्त प्रदेशमा शाखा सञ्जाल बलियो भई उक्त क्षेत्रका सर्वसाधारण जनताहरुलाई थप बैंकिङ्ग सेवा प्रदान गर्न सक्षम हुने बैंकले  विश्वास लिएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *