एनएमबी बैंकद्वारा सिराहामा ‘प्रोजेक्ट स्वरोजगार’ मा सहभागिताको लागि आह्वान

फागुन  ९, काठमाडौँ । एनएमबी बैंकले दीगो बिकासको लागी दीर्घकालिन उद्घेश्यको साथ ‘प्रोजेक्ट स्वरोजगार’ मा सहभागिताको लागि आबेदन आह्वान गरेको छ ।   

यस बैंकले  सामाजिक उत्तरदायीत्व पुरा गदैँ ग्लोकल प्रा.लि.को साझेदारीमा  ‘प्रोजेक्ट स्वरोजगार’ को परियोजना ल्याएको हो ।  ४ दिने सम्म चल्ने यस तालिममा सिरहा  ५० जना व्यक्तिले निःशुल्क रुपमा यस तालिममा सहभागी हुन पाउँनेछन् ।   

तालिमको लागि उद्यमी संलग्नता, रुचि र विचारको आधारमा काम गर्ने क्षमतालाई मध्य नजर गरी सहभागीको छनौट गरिनेछ । कार्यक्रममा सहभागी हुनको लागि आवेदकले २०७६ फाल्गुन २७ गते सम्म फारम भर्न सक्नेछन्  । 

तालिम लिन ईच्छुक व्यक्तिले  फारम भरी स्थानीय एनएमबि बैंक शाखामा र अन्य सरोकारवालाको कार्यालयमा पेश गर्न सक्नेछन्। 

तालिममा सहभागी हुन निम्न कुराको आवश्यक 

क) सहभागीको उमेर १८ वर्ष पुगेर ४० वर्ष ननाघेको हुनुपर्ने (२०७६ चैत्र ८ गतेसम्म) । 

ख) सहभागी सिरहा जिल्ला निवासी हुनुपर्ने । 

ग) सहभागी उत्कृष्ट तथा फरक व्यावसायिक दृष्टिकोण सहित प्रस्तुत हुनुपर्ने वा क्षमता विकास गर्न सकिने सम्भावना भएको व्यावसायमा आबद्ध भएको हुनुपर्ने । 

घ) सहभागी २०७६ चैत्र ५ गतेदेखि ८ गतेसम्म कार्यक्रमका लागि दिन भर उपलब्ध हुनुपर्ने । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *