कमल घलेको गीति एल्बम ‘कृशा’को लोकार्पण

फागुन १२, काठमाडौँ ।  गायक कमल घलेको गीति एल्बम ‘कृशा’को लोकार्पण गरिएको छ । राजधानीको रातोपुल स्थित रक हाउस क्याफे एण्ड पार्टी प्यालेसमा सोमबार एक कार्यक्रमबीच ‘कृशा’ एल्बमको लोकार्पण गरिएको हो । 

युथ क्रियशन म्युजिकको आयोजनामा भएको कार्यक्रममा रोयल्टी सङ्कलन समाजका अध्यक्ष तथा सङ्गीतकार सङ्घका उपाध्यक्ष महेश खड्काको प्रमुख आतिथ्यता रहेको थियो । प्रमुख अतिथि सहित बरिष्ठ सङ्गीतकार राजु सिंह, चलचित्र विकास बोर्डका पुर्व सदस्य उत्तम केसी, चलचित्र पत्रकार सङ्घ नेपालका उपाध्यक्ष गीता अधिकारी, गीतकार सङ्घ नेपालका पूर्व उपाध्यक्ष भरत बमजन, युथ क्रियशन म्युजिकका अध्यक्ष रमेश थापा, गायक कमल घले, गायक तथा सङ्गीतकार ताराप्रकाश लिम्बु लगायतले एल्बम लोकार्पण गरेका थिए । 

सार्वजनिक ‘कृशा’ एल्बममा ‘मेरो त लफडा भा छ यार‘’, ‘गलबन्दी ताना तान‘’, ‘दुई चुल्ठी कपाल‘’, ‘प्रिति चोखो छ‘’, ‘तिमीलाई देख्दा छिट्टो छिट्टो‘’, ‘मूलको पानी‘’, ‘लाउन हो माया पिरती‘’, ‘वर्षौ वर्ष तिमीलाई मैले‘’, पश्चिममा राम्रो पोखरा‘’, ‘मलाई जुनको होइन उनको‘’ जस्ता एघार ओटा गीत समावेस गरिएको छ । 

शुसिला पौडेल, राज खडका, आशुतोष राई, ताराप्रकाश लिम्बु, गोपी दाहाल, विनोद खुम्बुको शब्द रहेको एल्बमका गीतमा अर्जुन पोखरेल, ताराप्रकाश लिम्बु, राज खड्का, विनोद खुम्बु र आशुतोष राई को सङ्गीत रहेको छ । 

एल्बममा रहेका एघार गीत मध्ये ‘गलबन्दी ताना तान‘’, ‘दुई चुल्ठी कपाल‘’, ‘तिमीलाई देख्दा छिट्टो छिट्टो‘’ र पश्चिममा राम्रो पोखरा‘’मा गायिका मेलिना राई, जुन प्रसाईं, मिलन नेवार र दीपा तामाङले घलेलाई स्वरमा साथ दिएका छन् । 

एल्बम सार्वजनिक समारोहमा एल्बमा समावेस भएको गीत ‘गलबन्दी ताना तान‘’को भिडियो पनि देखाइएको थियो । जीवन भट्टराईको निर्देशन रहेको गीतको भिडियोमा लक्ष्मी बर्देबा र राज खडका लाई फिचरिङ गरिएको छ । 

युथ क्रियशनका अध्यक्ष रमेश थापको अध्यक्षतामा भएको लोकार्पण कार्यक्रममा प्रमुख अतिथि र अतिथिहरुले शुभकामना मन्तव्य राखेका थिए । गायक कमल घलेको यो भन्दा अघि एल्बम ‘कमल’ स्रोतारदर्शकमाझ आएको थियो । ‘मेलै स्रोतारदर्शकमाझ दोस्रो एल्बम ‘कृशा’ लिएर आएको छु मेरो पहिलो एल्बमका गीतले जस्तै यस एल्बममा रहेका गीत र गीतको भिडियोले स्रोतारदर्शको माया पाउनेमा आशावादी छु । ’ कमलले भने । 

https://youtu.be/7eHi18s1qYc 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 2 =