कोरोना आतंक चीनमा, झड्का भारतलाई किन ?

फागुन १३, काठमाडौं । सामान्यतया औषधी बनाउन र निर्यात गर्न भारत अब्बल देश हो । २०१९ मा भारतले २०१ देशमा औषधी निर्यात गरेर अरबौँ रुपैयाँ कमाइसकेको छ । तर पनि भारत यी औषधिहरू उत्पादन गर्न चीनमा निर्भर छ र औषधि उत्पादनका लागि चीनबाट एपीआई आयात गर्छ । यो औषधि बनाउनका लागि प्रयोग हुने कच्चा पदार्थ हो।
चीनमा कोरोना भाइरस फैलिएका कारण आयात र निर्यात पुरै प्रभावित भएको छ र एपीआईको आयात हुन नसक्दा कयौँ कम्पनीको औषधी उत्पादनमा कमी आएको छ । जसको प्रभाव भविष्यमा औषधीहरूको विश्वव्यापी आपूर्तिमा देख्न सकिन्छ ।
भारत सरकारको वाणिज्य विभागबाट मान्यता प्राप्त ट्रेड प्रमोशन काउन्सिल अफ इन्डियाको रिपोर्ट अनुसार २०१८–१९ मा औषधीको अनुमानित निर्यात भारतबाट करिब १९.१४ प्रतिशत अरब डलर थियो ।

यी औषधी बनाउनका लागि करिब ८५ प्रतिशत एपीआई (कच्चा पदार्थ) चीनबाट आयात गरिन्छ । भारतमा एपीआईको उत्पादन निकै कम छ र जो एपीआई भारतमा बनाइन्छ त्यसको फाइनल उत्पादनका लागि केही न केही सामान चीनबाट आयात गरिन्छ । अर्थात् भारतीय कम्पनीहरु एपीआई उत्पादनका लागि चीनमाथि निर्भर छन् ।
एपीआईको मूल्य पनि बढ्दो छ । कोरोना भाइरसका कारण चीनबाट एपीआई आयातमा असर परेको छ । चीनबाट आपूर्ति बन्द भएका कारण भारतमा औषधी बनाउने कम्पनीले एपीआईको मूल्य बढी तिरेर किन्नु परेको अवस्था छ । मुम्बईस्थित आरती फर्माका सञ्चालक तथा कम्पनी मालिक हेमल लाठियाले भने, ‘एपीआईको पुरानो स्टकको मूल्य १० बाट बढेर १५ प्रतिशत पुगेको छ । जुन कम्पनी चीनबाट एपीआई आयात गरी स्थानीय कम्पनीलाई बेच्छन् त्यो स्टकमा आएको कमीका कारण मूल्य बढाएका हुन् ।’
विशेषज्ञका अनुसार भारतको तुलनामा चीनको एपीआई उत्पादन २० देखि ३० प्रतिशतसम्म सस्तो छ । यद्यपी चीनबाट एपीआई आयात रोकिनुको चिन्ता यो पहिलो पटक होइन । २०१४ मा पनि यसलाई लिएर लोकसभामा सवाल जवाफ भएको थियो ।
त्यो समय दुई देशबीच उत्पन्न सीमा तनावका कारण चीनले निर्यात रोक्न सक्ने चिन्ता तथा सवाल उठेको थियो । यस समस्याको सामना गर्नका लागि प्रधानमन्त्री कार्यालयमा बैठक पनि भएको थियो ।
तत्कालीन रसायन तथा तत्कालीन रसायनमन्त्री अनन्त कुमारले भनेका थिए कि आवश्यक औषधीको सूचीमा सामेल १२ औषधी यस्तो थियो जसलाई तयार गर्नका लागि अत्यावश्यक ८० देखि ९० प्रतिशत कच्चा पदार्थ चीनबाट आउँथ्यो ।
रिपोर्टका अनुसार टास्क फोर्सले सुझाव दिएको थियो कि एपीआईको उत्पादन भारतमा बढाउनुपर्छ जसबाट चीनमाथिको परनिर्भरता कम हुन्छ ।








