रनपा १४ लाई बालमैत्री वडा घोषणा गरिने

फागुन ३ । पूर्वी चितवनको रत्ननगर नगरपालिका वडा नम्वर १४ लाई यही फागुन ६ गते बालमैत्री वडा घोषणा गरिने भएको छ । बालमैत्री वडा हुनका लागि आवश्यक ३९ वटा सबै सूचकहरु पुरा गरेपछि बालमैत्री घोषणा गर्न लागिएको शनिवार आयोजित पत्रकार सम्मेलनमा वडाध्यक्ष हरिकुमार श्रेष्ठले बताए ।   

पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेको प्रमुख आतिथ्यतामा हुने घोषणा कार्यक्रमको सम्पूर्ण तयारी पुरा भएको पनि वडाध्यक्ष श्रेष्ठले जानकारी दिए ।   

जन्मदर्ता, बालविवाह, संरक्षित बालवालिकाहरुको व्यवस्थापन, विद्यालय बाहिर रहेका विद्यार्थीहरुलाई नियमित गराउने, विद्यालयहरुमा बालमैत्री संरचना निर्माण गर्ने, बाल उद्यान निर्माण गर्ने लगायत सबै काम पूरा भएकाले बालमैत्री घोषणा गर्न लागिएको हो ।   

वडाध्यक्ष श्रेष्ठका अनुसार वडामा कुनै पनि बालबालिका श्रमिकका रुपमा कार्यरत छैनन् । बालमैत्री वडा घोषणाकै लागि जिल्ला समन्वय समिति, रत्ननगर नगरपालिका र वडा कार्यालयले वडा भित्रका विद्यालयको भवन निर्माण, परिसर निर्माणका लागि यो वर्ष ३१ लाख रुपैया भन्दा बढि रकम खर्च गरेको छ । बालमैत्री वडा घोषणाका लागि विभिन्न ८ वटा उपसमितिहरु गठन गरि काम भईरहेको वडा सचिव वासुदेव रिजालले बताए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen + three =