नोकिया फोन “आई.एफ्. डिजाइन अवार्ड २०२०” द्धारा सम्मानित

फागुन ८, काठमाडाैँ ।  एच्. एम. डी ग्लोबलले आफ्नो ६ प्रकारका नोकिया फोनहरु आईएफ डिजाइन अवार्ड २०२० द्धारा सम्मानित भएको घोषणा गरेको छ । सम्मानित भएका उत्कृष्ट डिजाइनका ६ प्रकारका नोकिया फोनहरु मध्ये २ स्मार्टफोन र ४ फिचर फोनहरु छन् ।  

आईएफ डिजाइन पुरस्कार विश्वको सब भन्दा पुरानो स्वतन्त्र डिजाइन संगठन आई एफ अन्तराष्ट्रिय फोरम डिजाइन GmbH ले आयोजना गरेको थियो । स्वतन्त्र डिजाइन विशेषज्ञहरु सम्मिलित प्यानलले ५६ देशहरुको ७००० भन्दा बढी प्रतिस्पर्धीहरुको समीक्षा गरेको थियो । 

iF DESIGN™ Awards 2020 बाट सम्मानित फोनहरुमा स्मार्टफोनतर्फ नोकिया ७.२ र नोकिया १ प्लस हुन भने फिचर फोन तर्फ नोकिया १०५, नोकिया ११०, नोकिया ८०० टफ र नोकिया २७२० फ्लिप हुन् । 

Image result for नोकिया फोन आई.एफ्. डिजाइन अवार्ड २०२० द्धारा सम्मानित

उपभोक्ताहरुको अनुभव मा फरक किसिमको आकर्षक डिजाइन प्रत्येक नोकिया फोनको विशेषता हो । त्यस्तै गरी प्रिमियम डिजाइनको समान सिद्धान्तहरु नोकिया फोनको हरेक पोर्टफोलियोमा लागु हुन्छन् जस्तैः नोकिया ७.२, नोकिया ४.२, र नोकिया ८०० आदि ।   

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *