संसदमा कोरोना भाइरसबारे बहस, चीनबाट आउने विद्यार्थीलाई संसद भवनमा राख्न सुझाव

माघ २१, काठमाडौँ । चीनको वुहान शहरबाट फैलिएको कोरोना भाइसरबारे मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा बहस भएको छ । चीनमा रहेका नेपालीलाई उद्धार गर्ने विषयमा संसदमा सवाल जवाफ भएको हो ।   

सांसद प्रकाश रसाइली ‘स्नेही’ले अहिलेसम्म चीनमा अलपत्र परेका नेपालीको उद्धार नगरेको आक्रोश पोखेका छन् । उनले भने ‘एक नेपालीले आफ्नो उद्धारका लागि बीबीसीलाई गरेको इमेलले भावुक बनायो । सरकारले बिमान पठाएर चीनबाट नेपालीलाई फिर्ता ल्याउने भन्यो तर त्यो हुन सकेको छैन ।’   

त्यस्तै समाजावदी पार्टीका सांसद प्रदीप यादवले चीनमा अलपत्र नेपालीलाई स्वदेश फर्काएर राख्ने ठाँउ नभए संसद भवन खाली गरेर राख्न सुझाव दिएका छन् । उनले कोरोना भाइरसको त्रासले चीनमा घरमै कैदी जीवन बिताइरहेका नेपालीलाई कहिले फिर्ता लेराउने भनि प्रश्न गरे । साथै उनले जहाज तयारी अवस्था छ भने, चीन कहिले उठ्छ त भनि प्रति प्रश्न पनि गरे ।   

उनले चीनबाट उद्धार गरेर ल्याउने विद्यार्थीलाई सरकारले पाँच दिन देखि ठाउँ खोजिरहेको भन्दै, यदी ठाउँनै नपाएको हो भने संसद भवननै खालि गर्न सुझाव दिए । उनले भने ‘ठाउँ नै नपाएको हो भने, संसद भवन खालि गरौं र हामी बाहिर पाल हालेर संसद बैठक चलाउँ ।’   

उनले संसद भवनमा नभए हायात होटल राखेको जग्गा खाली गरेर राख्न माग गरे । ‘३० हजार रोपनी जग्गा कब्जा गरेर हायात होटल राखेको छ । त्यो खाली गरेर राखौं र नेपालीको जीवन बचाउँ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *