सिद्धार्थ बैंकको मुसिकोट शाखाको औपचारिक समुद्घाटन

माघ २४, काठमाडौँ ।    सिद्धार्थ बैंकले शुक्रबार रुकुम अवस्थित मुसिकोट शाखाको औपचारिक समुद्घाटन सम्पन्न गरेको छ । 

 बैंकको मुसिकोट शाखाको उद्घाटन मुसिकोट नगरपालिकाका मेयर देवीलाल गौतमबाट भएको थियोे । बैंकले उक्त शाखा गत अषाढ ३१ गते देखि नै सञ्चालन गरी कारोबार गर्दै आएको थियो । 

सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्देश्यले बैंकले देशभर १८० वटा शाखा (३ एक्स्टेन्सन् काउन्टर सहित), १०१ शाखा रहित बैंकिङ्ग सेवा, २०३ ATM र १,६०० भन्दा बढी POS मेसिन मार्फत् उच्चस्तरिय बैैकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।   

बैंकले निक्षेपकर्ता तथा ग्राहकलाई प्रदान गरिने सेवालाई थप गुणस्तरीय बनाउन आफनो सेवालाई थप सुदृढ, आत्मीय र ग्राहकमुखी बनाउने उद्देश्य लिएको छ । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *