यस्तो छ सञ्चारमन्त्री बाँस्कोटाले ७० करोड कमिसन मागेको अडियोमा

फागुन ८, काठमाडौँ । सेक्युरिटी प्रिन्टिङ प्रेस स्थापना गर्नका लागि स्वीस कम्पनीका नेपाल प्रतिनिधि र सञ्चारमन्त्री गोकुल बाँस्कोटाबीच आर्थिक लेनदेनका विषयमा भएको अडियो सार्वजनिक भएको छ ।   

काभ्रेको धुलिखेलमा स्थापना गर्ने भनिएको सेक्युरिटी प्रेसका लागि स्वीस कम्पनीसँग सुरुमा कुरा भएपनि उसलाई नदिएर जर्मन कम्पनीलाई ठेक्का दिन लागिएपछि स्वीस कम्पनीका नेपाली प्रतिनिधिले बास्कोटाले ७० करोड रुपैंया कमिसन मागेकोे अडियो क्लिप बुधबार विभिन्न सञ्चारमाध्यमलाई दिएका हुन् ।   

यस्तो छ सञ्चारमन्त्री बाँस्कोटाले ७० करोड रुपैंया कमिसन मागेको अडियो :  

विजयप्रकाश मिश्र शर्मा : यो १२ गते १२ बजेपछि स्वीस एम्बेसी आउँछ। स्वीस एम्बेसीले बोलाएर आउँछ तपाइले बोलाएर आउने हैन। 

मन्त्री गोकुल बाँस्कोटा : ह… 

विजयप्रकाश मिश्र शर्मा : सकेसम्म एमओयू गर्ने किभन्ने हिसाबले आउन थालेको छ। तपाईंहरुको -कार्यक्रमको बारेमा एम्बेसडरले छुट्टै कुरा गर्न चाहेको छ। 

मन्त्री गोकुल बाँस्कोटा : ठीक छ। 

विजयप्रकाश मिश्र शर्मा : त्यसका लागि तपाइले टाइम मिलाइदिनुपर्‍यो। 

मन्त्री गोकुल बाँस्कोटा : मिलाइदिन्छु। 

विजयप्रकाश मिश्र शर्मा : त्यसका लागि(कमिसनका लागि) हामी आउट अफ ट्रयाक जाने कि ? तपाईंले भनेअनुसार नै गर्ने लु भन्नुस्। 

मन्त्री गोकुल बाँस्कोटा : अब। क्यापासिटीको कुरा। 

विजयप्रकाश मिश्र शर्मा : कुरा चाहि मैले राखेको छु उनीहरुलाई। 

मन्त्री गोकुल बाँस्कोटा : उनीहरुलाई नर्मलमा ५० भन्ने? 

विजयप्रकाश मिश्र शर्मा : त्यसमा नर्मलमा 

मन्त्री गोकुल बाँस्कोटा : उनीहरुले कति निकाल्छन? 

विजयप्रकाश मिश्र शर्मा : यसकाे टोटलको पर्सेन्ट निकाल्ने हो। 

मन्त्री गोकुल बाँस्कोटा : टोटल कति निस्कन्छ त्यो हेरौं। 

विजयप्रकाश मिश्र शर्मा : केहि न केहि त भइराछ त्यहि बेसमा जाने हो। बेसचाहि तपाइहको उसमै जाने हो हामी। 

मन्त्री गोकुल बाँस्कोटा : सकेसम्म २५ देखि २७ अर्वमा सकाउन पाए हुन्थ्यो। मानौँ २५ निस्कयो भने कति हुन्छ? 

विजयप्रकाश मिश्र शर्मा : ७० जति आउलाकी ! आउट अफ ट्रयाक नजाँदा ७० जति आउला कि। 

मन्त्री गोकुल बाँस्कोटा : तपाइलाई के गर्छन ? छुट्टै गर्छन्? 

विजयप्रकाश मिश्र शर्मा : टोटल ७४ जति आउँछ भन्ने हाम्रो अनुमान छ। यसमा ७० प्रतिशत (तपाईँहरुलाई दिने हो, हामीले ३० प्रतिशत राख्ने हो। यो एकदमै ट्रान्सपरेन्ट हुन्छ। 

मन्त्री गोकुल बाँस्कोटा : त्यो भनेको कति हुन्छ? 

विजयप्रकाश मिश्र शर्मा : ५४ देखि ५५ करोड तपाइहरुलाई दिने १५ देखि १६ हामीले राख्ने। हामीले पनि त अलि अलि राख्नुपर्‍यो नि। आउट अफ ट्रयाक गइयो भने…  

मन्त्री गोकुल बाँस्कोटा : अनि यो कर्मचारीसँग कसले कुरा गर्छ नि? 

विजयप्रकाश मिश्र शर्मा : त्यो कुरा तपाईँ गर्नुस्। 

मन्त्री गोकुल बाँस्कोटा : एउटा के नगर्नुस भने यी मु….कर्मचारीलाई यस्तो कुरा गर्न लाग्यो भने (यिनले हेप्छन्। त्यसकारण यो कुरामा तपाई आफैँ लाग्नुस्। कुरा बुझ्नुभो.. 

विजयप्रकाश मिश्र शर्मा : त्यसो भए म आफै लाग्छु। उसले त बनाएर राखिसकेको छ। 

मन्त्री गोकुल बाँस्कोटा : त्यो मु….ले बनाएको त ३५ अर्बको छ। अब यता २७ अर्ब निस्कयो भने २८ अर्वको बनाउनुस्। 

  

https://youtu.be/msp69cpbIPw  

अडियाे स्राेत : हाम्राकुरा डटकम  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve − twelve =