नेपाल टेलिकमको ब्रान्ड एम्बेसडरमा पारस खड्का नियुक्त

फागुन १३, काठमाडौं । नेपाल टेलिकमले नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान एवं चर्चित खेलाडी पारस खड्कालाई ब्रान्ड एम्बेसडर चयन गरेको छ । मंगलबार टेलिकमको केन्द्रीय कार्यालयमा आयोजित एक कार्यक्रममा खड्कालाई एक वर्षका लागि ब्रान्ड एम्बेसडरमा चयन गरेको हो ।   

नेपाल टेलिकमका प्रवन्ध निर्देशक डिल्लीराम अधिकारी र क्रिकेट खेलाडी पारस खड्काले यस सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।   

खड्काले सम्झौता अनुसार सम्झौता अवधिभर नेपाल टेलिकमका सेवा सुविधाहरु तथा कम्पनीको ब्रान्ड प्रवद्र्धनका विविध क्रियाकलापहरुमा सहभागी रहनेछन् ।   

हस्ताक्षर कार्यक्रममा कम्पनीका प्रबन्ध निर्देशक अधिकारीले द्रुत गतिमा मुलुकभर दूरसञ्चार सेवा विस्तार गरिरहेको नेपाल टेलिकम र फास्ट बलरका रुपमा परिचित पारस खड्काबीचको सहकार्य फलदायी र प्रभावकारी हुने अपेक्षा व्यक्त गरे । सो अवसरमा उनले नेपाल प्रहरीको फुटबल टिमलाई पनि प्रायोजन गरेको स्मरण गर्दै खेल क्षेत्रलाई कम्पनीले विशेष प्राथमिकतामा राखि सहयोग गरिरहेको बताए । 

कार्यक्रममा कम्पनीका नव नियुक्त ब्रान्ड एम्बेसडर पारस खड्काले मुलुकको सबैभन्दा ठूलो दूरसञ्चार सेवा प्रदायक कम्पनी नेपाल टेलिकमसँग आवद्ध हुन पाएकोमा गौरव महशुस गर्दै नेपाल टेलिकमद्वारा प्रदत्त सेवाहरु तथा टेलिकमको ब्रान्डको प्रभावकारी प्रवद्र्धन हुने विश्वास व्यक्त गरे ।   

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *