काठमाडौ प्रहरीलाई क्रेडिट एण्ड कमर्सियल बैंकको सहयोग

माघ २८, काठमाडौँ । महानगरीय प्रहरी परिसर काठमाडौंलाई नेपाल क्रेडिट एण्ड कमर्सियल बैंकले  कार्यलयलाई आवश्यक पर्ने फनिर्चर हस्तान्तरण गरेको छ । 

एक बिशेष कार्यक्रमका विच काठमाडौं प्रहरी प्रमुख उत्तम राज सुवेदीलाई बैंकका कार्यकारी अधिकृत (सिओ) रमेश राज अर्यालले काठमाडौं प्रहरी कार्यलयलाई आवश्यक सामाग्री हस्तान्तरण गरेका हुन् । 

महानगरीय प्रहरी परिसर टेकुका प्रवक्ता प्रहरी नायव उपरीक्षक  होविन्द्र बोगटीले एनसीसी बैंक बागवजारले करिव ७ लाख बराबरको कार्यालयलाई आवश्यक फनिर्चर उपलब्ध गराएको बताए । प्रवक्ता बोगटीले भने, ‘बैंकले सामुदायी प्रहरी साझेदारी अन्तर्गत मुद्दा  शाखालाई स्तरउन्तीका लागि आवश्यक फनिचर उपलब्ध गराएको हो ।’ सो अनुरूप बैंकले 

१५ थान  धराज १५ थान कम्युटर टेवल  ९ थान फाईलिङ र्‍याग, ३०थान कुर्सी प्रदान गरिएको छ  । 

कार्यक्रममा बोल्दै काठमाडौ प्रहरी परिसरका प्रमुख प्रहरी बरिस्ठ उपरीक्षक उत्तम राज सुवेदीले समुदाय प्रहरी साझेदारी अन्तर्गत बैंक तथा बितिय संस्थाहरू सग सहकार्य गर्न काठमाडौं प्रहरी परिसर तयार रहेको र फर्निचर सहयोग गरेकोमा बैंकलाई धन्यवाद दिए । 

एनसीसी बैंकका कार्यकारी अधिकृत सिओ रमेश राज अर्याल ले काठमाडौं प्रहरी परिसरलाई फर्निचर सहयोग गर्न पाएकोमा खुशी ब्यक्त गर्दै आगामी दिनमा पनि सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गरे । 

कार्यक्रममा नेपाल क्रेडिट एण्ड कमर्सियल बैंकलाई सम्मान पत्रवाट सम्मानित गरिएको छ । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *