आज फागुन १६ गते शुक्रबार, यस्तो छ आजको पञ्चाङ्ग र राशिफल

आजको पञ्चाङ्ग 

वि.सं. २०७६ फागुन १६। शुक्रबार। इ.स. २०२० फेब्रुवरी २८। शकसंवत् १९४१। परिधावी संवत्सर। उत्तरायण। शिशिर ऋतु। ने.सं. ११४० चिल्लाथ्व। फाल्गुण शुक्लपक्ष। पञ्चमी, २९:५६ उप्रान्त षष्ठी। नक्षत्र– अश्विनी, २५:२६ बजेउप्रान्त भरणी। योग– शुक्ल, ९:२८ बजेउप्रान्त ब्रह्म। करण– वव, १७:०४ बजेदेखि वालव, २९:५६ बजेउप्रान्त कौलव। आनन्दादिमा वज्र योग। चन्द्रराशि– मेष। काठमाडौंमा सूर्योदय– ६:३२ बजे, सूर्यास्त– १८:०२ बजे र दिनमान २८ घडी ५ पला। सर्वार्थसिद्धियोग २५:२६ बजेसम्म। 

राशिफल 

null

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज नयाँ कर्यको थालनी हुनेछ । सामाजिक कार्यमा सफलता मिल्नेछ । वैदेशिक क्षेत्रको काम अघी बढ्नेछ । सहयोगीहरूको राम्रो साथ प्राप्त हुनेछ । 

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज अधिकार प्राप्तिका लागि संघर्श गर्नु पर्ला । घरायसी वातावरणमा केही असामान्यता देखिन सक्छ । यात्रामा सावधानी अपनाउनु पर्नेछ । 

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज नयाँ कामका विभिन्न अवसर फेला पर्ने छन् । श्रमको उचित मुल्याङन हुनेछ । पार्टनरसिपमा गरिएको कारोबारले राम्रै फाइदा दिनेछ । 

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) नाम, दाम, प्रतिष्ठा र पुरस्कार प्राप्त हुनसक्छ । परोपकारका क्षेत्रमा लगानीको समय छ । मान्यजनको सहयोग प्राप्त हुनेछ । स्वादिष्ट भोजनपनि पाईनेछ । 

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज धार्मिक कार्य सफल रहनेछन । आर्थिक क्षेत्रमा राम्रो सफलता मिल्ला । विशिष्ट व्यक्तिलाई प्रभावित तुल्याएर काम बनाउन सकिनेछ । 

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) आज मनमा देखिने अस्थिरता अधैर्यताका कारण निर्णायक क्षमतामा कमी आउनेछ । तर्क, विवाद र प्रतिस्पर्धाबाट लाभ हुने छैन । 

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) कार्य सम्पादनमा सहजता मिल्नेछ । रोकिएका काम सम्पादन हुने योग छ । आत्मविश्वासपनि जाग्नेछ । टाढा रहेका साथीभाइहरूसँग मनोरञ्जक भेटघाट हुनेछ । 

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) राजनैतिक चिन्तन बढ्नेछ । बोलीको प्रभाव पनि बढ्नेछ नयाँ कमको थालनी हुनेछ । सरकारी जागिरेले बढुवा, प्रशंसा र पुरस्कार पाउनेछन् । 

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) रमणीय र सुखद् यात्राको योग छ । राज्यबाट मान सम्मान पाइनेछ । दाम्पत्य जीवनमा मधुरता छाउनेछ । ढिलै भए पनि अधुरा काम सम्पन्न हुनेछ । 

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) परिवारभित्रका झिनामसिना काममा धेरै समय खर्चनु पर्नेछ । सामान हराउने योग छ । सहयोगी र नातागोताको साथ पाइँदैन । स्वास्थ्यमा खर्च बढ्नसक्छ । 

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) ठीक समयमा सही निर्णय लिन सकिनेछ । आँटेको र ताकेको कार्य पुरा होला । अध्ययन अध्यापन सफल रहेको छ । व्यापारबाट सोचेजस्तै लाभ प्राप्ति हुने योग छ । 

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आफ्नो प्रयास र कामधन्दाबाट दीर्घकालिक फाइदा पुग्न सक्छ, त्यसैले आफ्नो विचार र योजनालाई रचनात्मक रूप प्रदान गर्ने प्रयास गर्दा राम्रो हुनेछ ।  

– ज्यो.प. नारायणप्रसाद दुलाल 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × five =