सिद्धार्थ बैंकको नयाँ शाखा स्याङजा र ललितपुरमा

फागुन १५, काठमाडौँ । सिद्धार्थ  बैंकले  बिहिबारबाट स्याङजाको वालिङमा र ललितपुरको हात्तीवनमा दुई नयाँ शाखाहरु सञ्चालनमा ल्याएको छ ।   

बैंकले सर्वसाधारण तथा उद्यमीेमाझ सबै प्रकारका निक्षेप तथा कर्जा कारोबार सुविधा, रकम भुक्तानी लगायत सम्पूर्ण बैंकिङ्ग सेवा पुर्याउने उद्देश्यले उक्त शाखा सञ्चालनमा ल्याएको हो ।   

उक्त शाखा विस्तार पश्चात् सिद्धार्थ  बैंकको कुल शाखा सञ्जाल संख्या १८२ (३ एक्स्टेन्सन् काउन्टर सहित) पुगेको छ । बैंकले १०१ शाखारहित बैंकिङ्ग सेवा, २०४ ATM र १,६०० भन्दा बढी POS मेसिनका साथै बैंकले निक्षेप तथा कर्जा सुविधा, घरमै बसेर बैंक खाता खोल्न सकिने अनलाइन सुविधा, रेमिटेन्स सेवा, भिजा एटिएम कार्ड सेवाका मार्फत् उच्च स्तरिय बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *