चीनले १० दिनमा बनाएको एक हजार शैय्याको अस्पताल सोमबारबाट सञ्चालनमा आउँदै

माघ २०, काठमाडौं । कारोना भाइरसको संक्रमण न्यूनीकरणका लागि चीन हुबेइ प्रन्तको वुहानमा क्षेत्रमा १० दिन लगाएर बनाएको अस्पताल सोमबारबाट सञ्चालनमा आउने भएको छ । 

चीनले उक्त अस्पताल एक हजार शैय्याको बनाएको छ । चिनियाँ सरकारी सञ्चारमाध्यमहरूका अनुसार, अस्पतालको सम्पूर्ण निर्माण कार्य पूरा भएको छ र अस्पताल बिरामीको उपचारका लागि तयार भएको छ ।  । 

अस्पतालमा सोमबारबाट चिनियाँ सेनाका एक हजार ४ सय  सय मेडिकल स्टाफले उपचार सुरु गर्ने चिनियाँ सञ्चारमाध्यम सिन्ह्वाले जनाएको छ । तीमध्ये ९५० जना चीनको जनमुक्ति सेनाको अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी रहेका छन् भने ४५० जना सेना, जलसेना र वायुसेनाका मेडिकल विश्वविद्यालयका स्वास्थ्यकर्मी रहेका छन् । 

त्यस्तै, कोरोना भाइरस संक्रमितको उपचारका लागि दोस्रो अस्पताल पनि द्रुत गतिमा निर्माण भइरहेको बीबीसीले जनाएको छ ।  दोस्रो अस्पतालको निर्माण बुधबारसम्ममा सम्पन्न भइसक्नेछ । 

डिसेम्बर अन्तिम साताबाट कोरोना भाइरसको संक्रमण फैलिएपछि चीनसहित विश्वका विभिन्न देशका लागि ठूलो चिन्ताको विषय बनेको छ । चीनमा मात्रै यो भाइरसका कारण ३ सय ६१ जनाको ज्यान गएको छ भने १७ हजार मानिस संक्रमित छन् । 

चीनबाहेकका अन्य २२ देशमा पनि कोरोना भाइरसको संक्रमण भेटिएको छ । शनिबार मात्रै फिलिपिन्समा कोराना भाइरस संक्रमितको एकजनाको मृत्यु भएको थियो ।   

कोरोनाको प्रकोप फैलिएपछि विश्व स्वास्थ्य संगठनले स्वास्थ्य संकटकाल घोषणा गरेको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *