पाँच वर्षभित्र निजगढ विमानस्थलबाट व्यवसायीक उडान हुन्छ : पर्यटनमन्त्री

माघ २२, काठमाडौं । संस्कृती पर्यटन तथा नागरिक उड्यनमन्त्री योगेश भट्टराईले निजगढ गेम चेन्जर प्रोजेक्ट भएकाले कुनैपनि हालतमा ५ वर्षभित्र व्यावसायिक उडान गर्ने जानकारी दिएका छन् ।

त्यसकालागि अहिले विश्राम लिन अवस्था नरहेको जनाए ।

नागरिक उड्डयन प्राधिकरणले नेपालका ५४ वटा विमानस्थलको अवस्थाबारे जानकारी दिन आयोजना गरेको कार्यक्रममा मन्त्री भट्टराईले काठमाडौंको चापलाई कम गर्न निजगढ विमानस्थलको विकल्प नभएको पनि बताएका छन् ।।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको स्तोरन्नती गरि रहेको बताउँदै उनले भने, ‘हामी सक्छौँ । छिट्टै नै गौतमबुद्ध, पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउँछ, ५ वर्षभित्र निजगढ पनि सञ्चालन मा आउँदा हाम्रो अपेक्षा वार्षिक एक करोड पर्यटक नेपाल घुम्न आउँछन् । त्यो उद्देश्यका साथ हामीले काम गरिरहेका छौँ ।’

त्यस्तै मन्त्री भट्टराईले २० लाख पर्यटक ल्याउन हरसम्भब कोशिस गरिरहेका समेत जानकारी दिएका छन् । उनले भने, ‘हामी २० लाख पर्यटक ल्याउन हरसम्भब छौँ, हामीलाई धौ धौ भइरहेको छ । तर यो त्यति ठुलो संख्या होइन ।’

उनले भने, ‘अहिलेको सरकारले विशेषगरी कनेक्टीभिटिमा विशेष जोड दिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले त्यस सम्बन्धमा हवाई, सडक, पानीजहाज, रेल लगायतबाट हुने कनेक्टीभिटीमा जोड दिनुभएको छ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *