सिटिजन्स बैंक ल्यायाे वातावरणमैत्री ‘सिटिजन्स स्मार्ट बचतखाता’

माघ २२, काठमाडौँ ।   सिटिजन्स बैंक ईन्टरनेसनल लिमिटेडले युवावर्ग तथा प्रविधिमैत्री व्यक्तिहरूलाई लक्षित गर्ने अभिप्रायका साथ‘सिटिजन्स स्मार्ट बचत खाता’ को शुभारम्भ गरेको छ । 

 यस निक्षेप योजना अन्तर्गत व्यक्तिगतले यो खाता बैंकको कुनैपनि शाखा मार्फत शुन्य मौज्दातमा खोल्न पाउने छन् । यस खाता अन्तर्गत ग्राहकले निःशुल्क अन्तर शाखा कारोबार (ABBS),  अनलाइन कारोवार गर्न सुरक्षित 3 D Secure  प्रविधिमा निःशुल्क दर्ता तथा निःशुल्क डिम्याट खाता खोल्न पाउने जस्ता अनेकन आकर्षक सुविधाहरु उपलब्ध छन् । 

यस योजना अन्तर्गत ग्राहकहरूले डेबिट कार्ड,ई–बैकिङ्ग र मोबाइल बैकिङ्गमा प्रत्येक बर्षको बार्षिक शुल्कमा ५०% छुट पाउनेछन् । यस खाताबाहकहरुले जुनसुकै ए.टि.एम बाट पैसा निकाल्दा शुल्क लाग्ने छैन । दैनिक मौज्दातमा ६ प्रतिशत व्याज गणना गरी त्रैमासिक रूपमा भुक्तानी गर्नु यस योजनाको प्रमुख विशेषता रहेको कुरा बैंकले जानकारी दिएको छ । यो खाता पूर्ण रुपमा डिजिटल प्रविधि तथा कागज रहित (वातावरणमैत्री) हुने भएकोले यस खातामा बैकले चेक बुक तथा बैक स्टेटमेन्ट भने उपलब्ध गराउने छैन । यस निक्षेप योजनाबाट बैंकका ग्राहक महानुभावहरु लाभान्वित हुने विश्वास बैंकले लिएको छ । 

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना ८९ वटा शाखा, ९० वटा ए.टि.एम. र १०३ वटा शाखा रहित बैंकिङ्ग एकाईहरुबाट करिव पाँच लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ । ग्राहकवर्गहरुलाई विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधाहरु, घरैमा बसेर बैंक खाता खोल्न सकिने अनलाईन सुविधा, रेमिट्यान्स सेवा, आस्वा, ड्राफ्ट, कार्ड सेवा,साथै कुनै पनि शाखाबाट रकम झिक्न र राख्न सकिने जस्ता सुविधाहरु प्नि उपलब्ध गराउँदै आएको छ । 

 सूचना प्रविधिमा आएको परिवर्तनलाई अंगिकार गर्दै यस बैंकले ग्राहकवर्गलाई घरमै बसेर छिटो, छरितो, चुस्त र दुरुस्त रूपमा वित्तीय सेवा सुविधा उपभोग गर्न मिल्ने विभिन्न प्रविधिमैत्री योजनाहरु समेत संचालनमा ल्याएको छ। अन्तर्रा्ष्ट्रिय कार्ड प्रदायक कम्पनी भिजासँगको सहकार्यमा यस बैंकको भिजा डेबिट वा क्रेडिट कार्ड प्रयोग गरी नेपालभित्रको कुनै पनि पीओएस मेशिन मार्फत सामान वा सुविधा खरीद गर्दा २०% सम्म क्यास ब्याक (नगद फिर्ता) हुने योजना सञ्चालनमा रहेको छ । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *