आफ्ना नेताको बचाउ गर्दै संसद बैठकमा कांग्रेसको अवरोध
२०७६ माघ २३ गते

माघ २३, काठमाडौँ। प्रमुख प्रतिपक्षीय दल नेपाली कांग्रेसले ललित निवास जग्गा प्रकरणमा आफ्ना नेता विजयकुमार गच्छदारमाथि राजनीतिक प्रतिशोधका आधारमा मुद्दा दायर गरेको भन्दै संसद अवरोध गरेको छ ।
बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा कांग्रेस संसदीय दलकी सचेतक पुष्पा भुसालले कांग्रेस भएकै कारण गच्छदारमाथि विभेदकारी ढङ्गबाट प्रतिसोधपूर्ण रुपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा लगाएको आरोप लगाइन् ।
उनले भनिन् बालुटार जग्गा प्रकरण को मुद्दा हेर्दा हाँस्यास् दर र कसैलाई काखा कसैलाई पाखा गरिएको छ ।’

यसैबीच कांग्रेसले संसद बैठक अवरुद्ध गरेपछि बैठक स्थगित भएको छ । बैठक शुक्रबार दिउँसो १ बजे बस्ने सभामुखले जानकारी गराएका छन् ।
२०७६ माघ २३ गते
प्रतिक्रिया
सम्बन्धित








