राष्ट्रपति भण्डारीकी छोरी उषाकिरण महिला संघको केन्द्रीय सदस्य

माघ २१, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीकी छोरी महिला संघको केन्द्रीय समितिमा चयन भएकी छन् । जननेता मदन भण्डारी तथा राष्ट्रपति विद्या देवी भण्डारीकी छोरी उषाकिरण भण्डारी महिलासंघको केन्द्रीय सदस्यमा चयन भएकी हुन् ।   

यस अघि उनले तत्कालिन एमाले सम्बद्ध महिला संघको विदेश विभागमा रहेर काम गरेकी थिइन् ।  उनी  मदन भण्डारी फाउण्डेशनकी अध्यक्षसमेत हुन् । 

मंगलबारको सपथग्रहण समारोहमा उनले पनि सपथ लिएकी छन् ।   

null

महासचिव विष्णु पौडेलले ४७५ सदस्यीय महिला संघ केन्द्रीय समितिका पदाधिकारी र सदस्यलाई सपथग्रहण गराएका थिए । 

गोमा देवकोटा इन्चार्ज र अमृता थापा संयोजक रहेको ४७५ सदस्यीय अखिल नेपाल महिला संघको केन्द्रीय समितिमा पूर्वएमाले पक्षबाट ५५ प्रतिशत र पूर्व माओवादी पक्षबाट ४५ प्रतिशत प्रतिनिधित्व रहेको छ ।  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 4 =