ओमस्टोन एशिया क्यापिटलले पाँच तारे होटल खोल्ने

फागुन ८, काठमाडौं । ओमस्टोन एशिया क्यापिटल नेपाल प्रा. लि (ओएसीएनपिएल) ले धुलिखेलमा सुविधासम्पन्न पाँचतारे होटल तथा रिसोर्ट खोल्ने भएको छ ।   

दुसित थानी हिमालयन रिसोर्ट एन्ड स्पा स्थापनाको लगानीका लागि सहवित्तीयकरण अन्तर्गत सानिमा बैंकको अगुवाईमा राष्ट्रिय वाणिज्य बैंक सहभागी भई हिजो फागुन ७ गते ऋण सम्झौता भएको छ ।   

सो परियोजना निर्माणको अनुमानित लागत एक अर्ब २७ करोड रुपैयाँ रहेको छ । 

ओएसीएनपिएलले दुसित थानी हिमालयन रिसोर्ट तथा भिल्ला व्यवस्थापन र सञ्चालनको लागि दुसित इन्टरनेशनलसँग सहकार्य गर्नेछ । दुसित इन्टरनेशनल थाइल्याण्डको प्रख्यात हस्पिटालिटी तथा शैक्षिक क्षेत्रसँग सम्बन्धित ब्रान्ड हो । 

६५ वर्षदेखि हस्पिटालिटी क्षेत्रमा गुणस्तरीय सेवा प्रदान गर्दै आइरहेको दुसित इन्टरनेशनलको हाल १८ वटा देशहरुमा २९ वटा होटल तथा रिसोर्ट सञ्चालनमा छ भने अस्ट्रेलिया, नेपाल, भुटान, चीन, इन्डोनेशिया, केन्या, म्यानमार, ओमन, फिलिपिन्स, कतार, साउदी अरब, सिंगापुर, टर्की र युएई जस्ता देशहरुमा ५२ वटा प्रोजेक्ट निर्माणको योजनामा रहेका छन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *