बैंक अफ काठमाण्डूले ल्यायो ग्राहकको हितको लागि Book सहज बचत खाता

फागुन १२, काठमाडौँ ।  बैंक अफ काठमाण्डू लिमिटेडले आफ्नो २५ औँ वर्ष पूरा गरेको अवसरमा ‘Book सहज बचत खाता’ सार्वजनिक गरेको छ ।   

यस बैंकले आफ्नो ग्राहकको आवश्यकता तथा ग्राहकको उच्चतम् लाभलाई मध्यनजर गर्दै ‘Book सहज बचत खाता’ सार्वजनिक गरेको हो ।   

ग्राहकको २५ वर्षसम्म निरन्तर सहयात्राको शुभ अवसरमा सौगात स्वरुप बैंकले उक्त खाता संचालनमा ल्याएको  हो ।   

“२५ वर्ष देखि सफलतालाई सहज बनाउँदै” भन्ने मुलनाराका साथ सार्वजनिक गरीएको उक्त खाता ग्राहकले मात्र रु २५ मा नै खोल्न सक्नेछन् । उक्त बचत खातामा उच्चतम ब्याजदरको ब्यवस्था सहित थुप्रै निःशुल्क सुबिधाहरु रहेका छन ।   

उक्त बचत खाताका विशेषताहरु वार्षिक ६% ब्याजदर,  न्यूनतम् मौज्दात रु २५ मात्र, त्रैमासिक ब्याज भुक्तानीको सुबिधा,पहिलो वर्ष निःशुल्क डेबिट कार्डको ब्यवस्था, पहिलो वर्ष निःशुल्क मोबाइल बैंकिङ्गको ब्यवस्था, पहिलो वर्ष निःशुल्क इन्टरनेट बैंकिङ्ग ब्यवस्था  रहेका छन ।   

साथै, अन्य ग्राहकमुखी विशेषताहरु सहित संचालनमा ल्याएको उक्त खाताले ग्राहकको जीवन अझ सहज बनाउने बिश्वास बैंकले लिएको छ ।   

हालसम्म बैंक अफ काठमाण्डू लिमिटेडले ८७ शाखा कार्यालयहरु, ७८ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहक महानुभावहरुलाई उत्कृष्ट बैंकिङ्ग सुविधा प्रदान गर्दै आईरहेको छ ।   

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *