कुवेतमा चार नेपालीको मृत्यु

  

फागुन, १, काठमाडौं । कुवेतको अल-मुत्ला क्षेत्रको एक निर्माणस्थलमा बालुवा र ग्राभेलको ढिस्कोले पुरिएर चार जना नेपालीको मृत्यु भएको छ । पुरिएर निर्माणस्थलमा कार्यरत चार नेपालीको मृत्यु भएको हो भने तीन जना घाइते भएका छन् । 

अरब टाइम्सका अनुसार, अल-मुत्ला क्षेत्रको निर्माणस्थलमा बुधबार सो घटना भएको हो । घटनामा ज्यान गुमाउने नेपालीको पहिचान खुलेको छैन । ढिस्कोमा पुरिएका सबै कामदार चिनियाँ कम्पनीका हुन् । अरब टाइम्सका अनुसार निर्माणस्थलको ब्लक ५ मा ढल निर्माण भइरहेको बेला ढिस्को खसेको थियो । 

घटनास्थलमा सुरक्षाकर्मी उद्धारमा खटिएका छन् । कुवेतका सार्वजनिक निर्माण तथा आवास मामिला राज्यमन्त्री डा. राणा अल फरिसले घटनाको छानबिन गर्न आदेश दिएका छन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *