आमरण अनसन तोडे लक्ष्मण थारुले
मकालु खबर
२०७६ फागुन ८ गते
फागुन ८, काठमाडौँ । बिहिबार फागुन १ बाट धनगढीमा आमरण अनसन बसेका थरुहट थारुवान राष्ट्रिय मोर्चाका संयोजक लक्ष्मण थारुले अनसन तोडेका छन् ।
स्थानीय राजनीतिक दलहरुले उनकाे माग सम्बोधनका लागि लिखित प्रतिवद्धता जनाएपछि थारुले अनसन तोडेको हो ।
थरुहट आन्दोलनका क्रममा लागेका मुद्दा फिर्ता लिनुपर्ने लगायतका माग राख्दै अनुशन बसेका थारुलाई आज अनुशन बसेको आठौँ दिनमा प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले जुस खुवाएर अनसन तोडाएका थिए ।
मकालु खबर
२०७६ फागुन ८ गते
प्रतिक्रिया
सम्बन्धित