काठमाडौँबाट चोरिएका मोटरसाइकल बरामद
मकालु खबर
२०७६ फागुन ४ गते
फागुन ४, काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाको टोलीले चोरीका मोटरसाइकलहरु बरामद गरेको छ ।
मोटरसाइकल हराएको उजुरी परेपछि अनुसन्धान थालेको प्रहरीले चोरी गरी फरक नम्बर प्लेट राखेर प्रयोग गरिरहेको अवस्थामा बरामद गरेको हो ।
काठमाडौंको बालाजु र थानकोटबाट चोरी भएका मोटरसाइकलहरु प्रहरीले काठमाडौं र धादिङका विभिन्न स्थानबाट बरामद गरेको हो । चोरीमा संलग्न केही व्यक्तिहरुलाई पनि पक्राउ गरिएको महाशाखाले जनाएको छ ।
मकालु खबर
२०७६ फागुन ४ गते
प्रतिक्रिया
सम्बन्धित