सिद्धार्थ बैंकको नयाँ शाखा न्यूरोड नेपालगञ्ज र बी. पी. चोकमा

माघ २२, नेपालगञ्ज ।  सिद्धार्थ बैंकले मंगलबार बाँके अवस्थित न्यूरोड नेपालगञ्ज शाखा र बी. पी. चोक शाखाको औपचारिक समुद्घाटन सम्पन्न गरेको छ । 

बैंकको न्यूरोड नेपालगञ्ज शाखाको उद्घाटन नेपालगञ्ज उप-महानगरपालिकाका उप-मेयर उमा थापा मगर र नेपाल राष्ट्र बैंक नेपालगञ्ज शाखाका निर्देशक मुक्तिनाथ सापकोटाबाट संयुक्त रुपमा र बी. पी. चोक शाखाको उद्घाटन नेपालगञ्ज उप.महानगरपालिकाका मेयर धवल शमशेर राणा र नेपाल राष्ट्र बैंक नेपालगञ्ज शाखाका निर्देशक मुक्तिनाथ सापकोटाबाट संयुक्त रुपमा भएको थियोे ।  

बैंकले न्यूरोड नेपालगञ्ज शाखा २०७६ पौष १६ गते र बी. पी. चोक शाखा २०७६ भाद्र ९ गते देखि नै सञ्चालन गरी कारोबार गर्दै आएको थियो ।   

Image result for सिद्धार्थ बैंक"

सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहँच पुर्याउने उद्देश्यले बैंकले देशभर १८० वटा शाखा (३ एक्स्टेन्सन् काउन्टर सहित), १०१ शाखा रहित बैंकिङ्ग सेवा, २०३ ATM र १,६०० भन्दा बढी POS मेसिन मार्फत् उच्चस्तरिय बैैकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *