जाहन्वीले आमा श्रीदेवीलाई सम्झँदै फोटो सेयर गरेर यस्तो लेखिन्
मकालु खबर
२०७६ फागुन १२ गते
फागुन १२, काठमाडौँ । भारतका एक समयको चर्चित अभिनेत्री स्व.श्रीदेवीको आज पुण्यतिथि परेको छ ।
उनको पुण्यतिथिमा उनको छोरी तथा अभिनेत्री जाहन्वी कपुरले आफ्नो आमाको यादमा सोसल मिडियामा फोटो सेयर गर्दै भावुक स्टाटस् लेखेकी छिन् ।
उनले सोसल मिडियामा आफूसँगै भएको आमाका फोटो सेयर गर्दै लेखेकी छिन्, ‘आमा १ म तिमीलाई हरेक दिन निकै याद गर्छु ।’
सन् २०१८ मा एक विवाह समारोहमा सहभागी हुन युएई पुगेकी श्रीदेवीको शव होटलको एक बाथटबमा डुबेको अवस्थामा फेला परेको थियो । उनको मृत्यु हृदयघातको कारण भएको बताईएको थियो ।
मकालु खबर
२०७६ फागुन १२ गते
प्रतिक्रिया
सम्बन्धित