महालक्ष्मी लाईफ इन्स्योरेन्सको ६ महिनाको नाफा ५ करोड १८ लाख

माघ २७, काठमाडौँ ।  महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडले  २०७६ पौष मसान्तमा ५ करोड १८ लाख खुद नाफा गरेको छ । इन्स्योरेन्सले २०७६ आषाढ मसान्त सम्म रु ११ करोड १३ लाख नाफा गरेको थियो ।   

एक वर्षको कारोबारमा कुल बीमा प्रिमियम आयको तुलनामा कम्पनीको जीवन बीमा कोष ७९ प्रतिशत र बैदेशिक रोजगार पुल दाबी वाहेक कम्पनीको दाबी भुक्तानी शुन्य प्रतिशत रहेको छ।  जुन सबै जीवन बीमा कम्पनीहरुमा उत्कृष्ट रहेको छ। 

कम्पनीले आ.व. २०७६ र ०७७ को अन्त सम्ममा थप २५ वटा शाखारउपशाखा संचालन गरी प्रथम बीमा शुल्क संकलनमा अरब क्लवमा पुग्ने लक्ष्य लिएको जानकारी दिएको छ ।   

कम्पनीले १ महिना भित्र शाखा रहीत बीमा पोलिसी जारी गर्ने गरी टेवलेट इन्स्योरेन्सको कार्यक्रम संचालन गर्ने गरी तयारी गरिरहेको छ । कम्पनीले  आज प्रथम बार्षिक उत्सव पारेर उक्त कुराको जानकारी गराएको हो ।   

कम्पनीले रु ५० लाख सम्म दाबी भुक्तानी गर्ने गरी घातक रोग पुरक सुविधा योजना संचालनमा ल्याएको जानकारी गराएको छ ।   

नेपालको बीमा बजारमा चालिसौँ र जीवन बीमा कम्पनीहरुमा १९ औँ कम्पनीको रुपमा कारोबार संचालन गरेको महालक्ष्मी लाईफ सबै भन्दा कान्छो बीमा कम्पनी हो।   

कम्पनीले एक वर्षको  अवधिमा ३८ जिल्लामा ६० वटा शाखारउपशाखा संचालन गरि सकेको छ। त्यसै गरी ६० जिल्लामा अभिकर्ता तालिम संचालन गरी बीमा समितिबाट इजाजत लिएर ७,३२३ अभिकर्ताहरु यस कम्पनीमा कार्यरत रहेका छन।   

कम्पनीले १ वर्षको अवधिमा महालक्ष्मी डवल सावधिक बीमा, महालक्ष्मी सावधिक आजीवन बीमा, महालक्ष्मी वार्षिक धन फिर्ता बीमा, महालक्ष्मी जीवन हेरचाह बीमा, महालक्ष्मी सावधिक बीमा, महालक्ष्मी सरल बीमा, महालक्ष्मी जीवन सुरक्षा म्यादी बिमा, महालक्ष्मी लगानी फिर्ता म्यादी बिमा र महालक्ष्मी सामूहिक म्यादी जीवन बीमा गरी ९ वटा बीमा पोलिसी प्रचलनमा ल्याईसकेको छ । 

 कारोबार प्रारम्भको १ वर्षको छोटो अवधिमा कुल ५६ करोड बीमा शुल्क संकलन गर्न कम्पनी सफल भएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत  रमेश कुमार भट्टराईले जानकारी दिए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *