टेलिकमले नबिल बैंकको सहकार्यमा ल्यायो पेमेन्ट गेटवे सेवा

माघ २४, काठमाडौँ ।  नेपाल टेलिकमले  आफ्नो  १६ औं बार्षिकोत्सबको बिशेष अवसर पारेर नबिल बैंक संगको सहकार्यमा पेमेन्ट गेटवे सेवा संचालनमा ल्याएको छ ।   

यस सेवा अन्तर्गत नेपाल टेलिकमका ग्राहकहरुले पहिलो चरणमा टेलिकमको website मा रहेको Card Payment सुविधा मार्फत सम्पूर्ण Visa तथा Mastercard हरु प्रयोग गरी हाललाई Postpaid तथा Prepaid मोबाइल Recharge/Top-Up गर्न सक्ने छन्। साथै निकट भविष्यमा यो सेवा नेपाल टेलिकमको मोबाईल एप मार्फत पनि उपलब्ध गराईने छ। 

बिशेष समारोहबीच सम्पन्न कार्यक्रममा नेपाल टेलिकमका प्रमुख व्यवसायिक अधिकृत भानु राज श्रेष्ठ तथा नबिल बैंकका तर्फबाट प्रमुख बजार व्यवस्थापन अधिकृत बिनय कुमार रेग्मीले उक्त सम्झौतामा हस्ताक्षर गरेका हुन्। कार्यक्रममा बोल्दै टेलिकमका प्रमुख व्यवसायिक अधिकृतले ग्राहकको माग र विधुतीय पेमेन्ट प्रणालीको आवश्यकतालाई मध्यनजर गर्दै सुरु गरिएको यो सेवा मार्फत संसारको कुनै पनि कुनाबाट VISA  तथा Master Card प्रयोग गरी नेपाल टेलिकमको मोबाइल Recharge वा BalanceTop-up गर्न सकिने भएकोले ग्राहकहरुलाई सेवा प्रयोग गर्न निकै सहज हुनेछ भन्ने विश्वास लिईएको जानकारी गराए।  

हाललाई प्रिपेड तथा पोस्टपेड मोबाईलबाट सुरुवात गरिएको यो सेवा निकट भविष्यमा नेपाल टेलिकमका अन्य सेवाहरु खरिद गर्न तथा बिल तिर्न पनि प्रयोग गर्न सकिने छ।   

त्यस्तै नबिल बैंकका तर्फबाट प्रमुख बजार व्यवस्थापन अधिकृतले नेपालमा विधुतीय पेमेन्ट प्रणालीको विकासका लागि यो सहकार्य कोशेढुंगा सावित हुने विश्वास लिएको तथा यस कार्यले आफुहरुलाई थप जिम्मेवार बनाएको जानकारी गराए। 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *