निर्भया बलात्कार घटनाका चारै दोषीलाई मार्च ३ मा फाँसी दिइने

फागुन ५, एजेन्सी । निर्भया बलात्कार घटनाका चारै दोषीको लागि दिल्लीको पटियाल हाउस अदालतले डेथ वारेन्ट जारी गरेको छ ।  

पहिला पनि दुई चोटी अदालते फाँसीको मिति तय गरेको थियो । तर अलग अलग याचिका पेस भएका कारण फासीको समय स्थगित हुँदै आएको थियो ।   

सोमबार जारी गरको डेथ वारेन्ट अनुसार निर्भया बलात्कार काण्डका चारै दोषीलाई आगामी मार्च ३ मा मृत्युदण्ड दिइने भएको छ। 

मार्च ३ बिहान ६ बजे उनीहरुलाई फाँसी दिइने अदालतले फैसला गरेको छ। 

१६ डिसेम्बर २०१२ मा फिजियोथेरापीकी २३ वर्षीया विद्यार्थी ज्योति सिंहलाई गुडिरहेको बसभित्र केही युवाले सामूहिक बलात्कार गरेका थिए। 

बलात्कारपछि बसबाट फालिएकी उनको उपचारको क्रममा १३ दिनपछि मृत्यु भएको थियो। 

उनलाई पछि ‘निर्भया’ नाम दिइएको थियो। यस घटनाको भारतभर चर्को विरोध भएको थियो। 

बलात्कारको घटना भएको ८ वर्षपछि अक्षय ठाकुर, विनय शर्मा, पवन गुप्ता र मुकेश सिंहलाई फाँसीको सजाय सुनाइएको हो ।   

यसअघि दुईपटक अदालतले उनीहरुको मृत्युदण्डको मिति तोकेको थियो। त्यसबेला उपलब्ध कानुनी विकल्प प्रयोग गर्दै उनीहरु फाँसीको समय सार्न सफल भएका थिए। 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *