अन्तरजातीय विवाह गर्ने जोडीलाई सुनाइयो ‘गोबर खाने’ सजाय

माघ २६, भारत । भारतको उत्तर प्रदेशमा अन्तरजातीय विवाह गर्ने एक जोडीलाई गोबर खाने सजाय सुनाइएको छ ।
अन्तरजातीय विवाह गरेका झाँसी जिल्लाका एक दम्पत्तिलाई सजायस्वरुप गाउँलेहरूले गोबर तथा गोमुत्र सेवन गर्ने आदेश दिएका हुन् । त्यसो नगरे आठ लाख रुपैयाँ जरिवाना तिर्ने विकल्प दिए।
तर, समयमै पुलिस पुगेपछि उक्त नवविवाहित दम्पत्ति थप अपमानित हुनबाट बचेका छन्। पुलिसले ६ जनाविरुद्ध कारबाही थालेको छ। गाउँलेहरूले अन्तरजातीय विवाहलाई अपराध ठहर्याउँदै सजाय सुनाएका थिए। झाँसी प्रेमनगरका भूपेश यादव र आस्था जैनले पाँच वर्षअघि अन्तरजातीय विवाह गरेका थिए।
null
भूपेशका अनुसार, दुवै परिवारको सहमतिमा विवाह भए पनि गाउँलेहरू उक्त विवाहको विपक्षमा थिए। उनीहरूलाई समाजबाट बहिस्कार गरिँदै आएको थियो।हालै भएको भूपेशकी बहिनीको विवाहमा गाउँलेहरू सामेल भएनन्। ग्राम पञ्चायतले भन्यो, भूपेशकी पत्नीले गोबर सेवन गरेको शर्तमा बहिस्कारको कारबाही फिर्ता लिन सकिन्छ।
अन्यथा, पाँच लाख जरिवाना तिर्नू १ ‘हामीले दुवै शर्त मानेनौं’, भूपेशले भने। उक्त निर्णयविरुद्ध भूपेशले जिल्लामा लिखित उजुरी दिएपछि घटना प्रकाशमा आएको हो। गभर्नर शिवसहाय अवस्थीले घटनाबारे छानबीन भइरहेको, केहीमाथि कारबाही थालिएको र भूपेशका दम्पत्तिलाई सुरक्षा प्रदान गरिएको जानकारी दिए। भूपेशका श्रीमानश्रीमतीलाई अन्तरजातीय विवाह गरेकै कारण गाउँलेहरूले पाँच वर्षदेखि प्रताडित गर्दै आएका थिए। एजेन्सी








