प्रधानमन्त्रीसंग अमेरिकी सांसदको भेटवार्ता : भने- ‘एमसीसी पारित हुनेमा विश्वस्त छौं’

फागुन ९, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष नेपाल भ्रमणमा रहेका संयुक्त राज्य अमेरिकी कंग्रेसका सदस्यहरूले भेटवार्ता गरेका छन् । विहिबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा उनीहरुले मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) संसदबाट पारित हुनेमा आफूहरू विश्वस्त रहेको बताए ।   

अमेरिकी सांसदहरूले एमसीसीको सन्दर्भमा नेपाल सरकारले गरिरहेको पहलको प्रशंसा समेत गरे । एमसीसी अगाडि बढेमा अमेरिकी लगानी र अमेरिकासँगको व्यापार बढाउन बलियो आधार खडा हुने उनीहरुको भनाई थियो ।   

भेटवार्ताका क्रममा प्रधानमन्त्री ओलीले नेपाल-अमेरिकाबीचको सम्बन्ध पुरानो भएको बताउँदै नेपालको विकासमा अमेरिकाले गरिरहेको सहयोगले निरन्तरतामा आफू पूर्ण विश्वस्त रहेको बताए । अमेरिकी सांसदहरूले यसअघि अर्थमन्त्री युवराज खतिवडासँग भेट गरेका थिए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − seventeen =