वीपी प्रतिष्ठानमा तलब वृद्धि गर्न विज्ञ समिति गठन

फागुन १२, धरान । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका कर्मचारी समन्वय समिति र कार्यवाहक उपकुलपति प्रा.डा. गुरु खनालबीच २० प्रतिशत तलब वृद्धिलगायत ५ बुँदे मागबारे सिहमति भएको छ ।   

नेपाल सरकारले गत आवमा निर्धरण गरेको २० प्रतिशत तलब बृद्धि लगाएत पाँच बुँदे मागबारे आइतबार कार्यबाहक उपकुृलपति खनाल  र कर्मचारी समन्वय समितिबीच मौखिक सहमति भएको  सम्पुर्ण (नर्सिङ, प्राविधिक तथा प्रशासनिक) कर्मचारी समन्वय समितिले जनाएको छ ।   

समितिका संयोजक महेश्वर राईद्धारा जारी विज्ञप्तीमा भनिएको छ , ‘तलब वृद्धिको एजेण्डामा तलब वृद्धि दर निर्धारण गर्न सर्वपक्षीय एक विज्ञ समिति गठन गर्ने, केही पदहरुमा मात्र हालै भएको तलवमान वृद्धिको निर्णय तत्काल स्थगित गर्ने ।’ त्यस्तै  प्रतिष्ठानका दुई इञ्जिनियरको मात्र हालै तलवमान वृद्धि गरिएको विज्ञप्तीमा उल्लेख गरिएको छ ।   

त्यस्तै ४३ औं सिनेट बैठकले निर्णय गरेअनुसार छनौट समितिलाई औपचारिकरुपमा गठन गरेर नियुक्ती, आन्तरिक बढुवा तथा फाइल बढुवाको विज्ञापन प्रकाशन गर्ने सहमति भएको पनि विज्ञप्तीमा उल्लेख छ । साथै ज्यालादारी, करार तथा परफरमेन्स करारमा कार्यरत कर्मचारीहरुको बिषयमा दिक्षान्त समारोह पश्चात आवश्यक कारबाही प्रक्रिया अघि बढाउने कार्यवाहक उपकुलपति डा.खनालले वचतवद्धता प्रकट गरेको पनि विज्ञप्तीमा उल्लेख गरिएको छ ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − three =