स्थानीय विपद् न्यूनीकरणको लागि छलफल

फागुन ०६ सुखड । कैलालीमा वडा स्तरीय स्थानिय विपद् तथा जलवायु उत्थानशिल योजना मस्यौदामा छलफल तथा अनुमोदन बैठक सम्पन्न भएको छ । जिल्लाको घोडाघोडी नगरपालिका १ सुखडमा कार्यक्रम भएको थियो । वल्र्ड भिजन इन्टरनेश्नल नेपालको सहयोग र सामाजिक बिकासका लागी सतेच समाज (सिएसएसडि) को आयोजनामा कार्यक्रम भएको थियो ।
नेपाल बिपद जोखिम न्युनीकरण परियोजना मार्फत कार्यक्रम भएको बताईएको छ । कार्यक्रममा वडा नम्बर १ को वडा स्तरीय विपद तथा जलवायु उत्थानशिल योजना मस्यौदा प्रस्तुत पश्यात वडा स्तरीयका सरोकारवालाहरु बाट राय सुझाब सल्लाहा संकलन पनि गरीएको छ । बिभिन्न व्यक्तिहरु बाट आएका सुझाबलाई अनुमोदन गरी स्वीकृतका लागि नगरपालिकाको कार्यपालिका बैठकमा पढाउने निर्णय गरीएको बताईएको छ ।
छलफलमा वडा नम्बर १ का २९ जना सरोकारवालाहरुको उपस्थिति रहेको थियो । कार्यक्रमको सहजरीकरण परामर्शदाता खड्क बहादुर बि.क गरेको थिए । वडा नम्बर १ का वडा अध्यक्ष मनराज शाहीको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथ सामाजिक बिकासका लागी सतेच समाज (सिएसएसडि) संस्थाका अध्यक्ष बल बहादुर सिलाधर रहेका थिए । सामाजिक बिकासका लागी सतेच समाज (सिएसएसडि) का सामाजिक परिचालक मिना चौधरीले कार्यक्रमको संचालन गरेका थिए ।









