राष्ट्रिय प्रसारणमा थपियो ६ दशमलव ६ मेगावाट विद्युत

लमजुङ । लमजुङमा निर्माण भएको रुदीखोला–बी जलविद्युत आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ । लमजुङको क्वहोलाछार गाउँपालिका–५ सिन्दीमा विद्युत गृह रहेको कूल ६ दशमलव ६ मेगावाट क्षमताको सो आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडिएको हो ।   

आयोजनाले शनिबारदेखि विद्युत् उत्पादन शुरु गरेको छ । 

सो आयोजना विन्दवासिनी हाइड्रोपावर कम्पनीले निर्माण गरेको हो । उत्पादित बिजुली स्थानीय मिजुरेडाँडा सवस्टेशनमार्फत राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको छ। 

null

कूल १५ दिनसम्म परीक्षण प्रसारणका रुपमा विद्युत् उत्पादन हुनेछ। सो अवधिभर सरकारले बिजुलीको पैसा तिर्नुपर्दैन। परीक्षण प्रसारणको अवधि सकिएपछि व्यावसायिक उत्पादन शुरु हुने विन्दवासिनी हाइड्रोपावरका अध्यक्ष कृष्णप्रसाद आचार्यले बताएका छन् । 

निर्माण शुरु भएको करीब दुई वर्षमै उत्पादन थालेको उक्त आयोजनाको प्रतिमेगावाट लागत रु १८ करोड पुगेको कम्पनीका सचिव जनार्दन अर्यालले जानकारी दिए। 

विन्दवासिनीले नै निर्माण गरेको ८.८ मेगावाटको रुदीखोला–ए जलविद्युत् आयोजनाले गत वर्षको चैतदेखि व्यावसायिक उत्पादन गर्दै आएको छ। यस्तै कूल ४८.८ मेगावाटको खिम्ती–२ जलविद्युत् आयोजनामा पनि विन्दवासिनी समूहले लगानी गरेको छ। 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *