प्रेमिकाले धोका दिएको भन्दै कोशी हाम फाल्ने युवाको मृत्यु

माघ २९, बराहक्षेत्र । प्रेममा धोका पाएको भन्दै एक युवक सप्तकोशीमा हाम फालेर आफ्नो देह त्याग गरेका छन् । इटहरीका अन्दाजी ३० वर्षीय राजेश बानियाँ मंगलबार साढे ४ बजे बराहक्षेत्र–१ स्थित कोशी पुलबाट हाम फालेर बेपत्ता भएका थिए । 

कोशीमा हाम फाल्नुअघि उनले फेसबुकमा केही तस्वीरसहित स्टाटस लेखेका छन्, ‘१० वर्षभन्दा बढी समयदेखि मसँग सम्बन्ध राखेर विना कारण अचानक तिमीले अर्को केटासँग बिहे गर्न लागेको देखेर बाँच्ने दिन अन्तिम हो जस्तो लाग्यो । केही छैन, आसा छ सबै खुसी तिमीले पाउने छौ । गूड बाइ इसु, आसा छ तिमीले मलाई माफ गर्ने छौ । ’उनले हाम फालेको स्थान नजिकै को ३७प ७ नम्बरको रातो रंगको बुलेट, एक जोर जुत्ता, मोटरसाइकलको बिलबुक र लाइसन ट्रायल पास गरेको कागज फेला परेको इलाका प्रहरी कार्यालय चतराले जानकारी दिएको छ । 

एक प्रत्यक्षदर्शीका अनुसार बानियाँ बिहानै देखि बाइकमा पुलबाट ओहरदोहर गरिरहेका थिए । कोशीमा हाम फालेलगत्तै पानी बोटमा सवार यात्रुहरूले बाँस दिएर बचाउने कोसिस गरे पनि उनले बाँस नसमातेको प्रत्यक्षदर्शीले बताए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen − 13 =