चन्द समूहका जिल्ला सेक्रेटरी तामाङ पक्राउ

फागुन ४, काठमाडौँ । प्रतिबन्धित  नेत्रविक्रम चन्द समूहका एक जिल्ला  सेक्रेटरी धुलिखेलबाट पक्राउ परेका छन् । 

 शुक्रबार बेलुका प्रहरीले  सिन्धुपाल्चोकका  जिल्ला सेक्रेटरी मेलम्ची नगरपालिका–९  बस्ने भुवनसिंह तामाङलाई धुलिखेल नगरपालिका–७ सरस्वती बजारबाट पक्राउ गरेको हो । 

जिल्ला प्रहरी कार्यालय धुलिखेलको गस्ती टोलीले सरस्वती बजारमा शङ्कास्पद रुपमा फेला पारेको र सोधपुछको क्रममा होहल्ला गरी स्थानीय बासिन्दालाई असर पर्ने गरी अपशब्द प्रयोग गर्दै गस्तीमा खटिएका प्रहरीमाथि अभद्र ब्यवहार गरेपछि  उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।   

Image result for चन्द समूह

जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका अनुसार पक्राउ परेका  तामाङमाथी अभद्र ब्यवहारअन्तर्गत कारवाही हुनेछ ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *