विराटनगरको एम्स कलेजद्वारा होटल मेनेजमेण्ट समिट आयोजना

माघ २०, विराटनगर । विराटनगरस्थित एम्स कलेजले होटल मेनेजमेण्ट सम्बन्धि समिट आयोजना गरेको छ ।  

भ्रमण वर्ष २०२० लाई लक्षित गर्दै आयोजना गरिएको उक्त समिटमा विराटनगरको लर्ड बुद्ध कलेज, विद्या भूमि कलेज, ग्रिनल्याण्ड कलेज, कोशी विद्या मन्दिर, एम्स कलेज लगायतका कलेजहरुको उपस्थिति रहेको थियो ।  

पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति डा. बिजु कुमार थपलियाको प्रमुख आतिथ्यमा कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा होटल मेनेजमेण्ट अध्ययन गरिरहेका विद्यार्थीहरुले भ्रमण वर्ष २०२० लाई कसरी लक्ष्यमा पुर्याउन सकिन्छ र यसमा विद्यार्थीको के भुमिका रहन्छ भन्ने कुरामा छलफल गरेका थिए ।  

कार्यक्रममा बोल्दै अतिथि अमित महतोले होटल मेनेजमेण्ट अध्ययन गर्ने विद्यार्थीहरुलाई यस विषयका महत्वका बारेमा प्रकाश पारे । एम्स कलेजका क्याम्पस प्रमुख सि.एम. बस्नेतले होटल मेनेजमेण्ट विषयको गहनताको चर्चा गर्दै विद्यार्थीहरुलाई हौसला प्रदान गरे ।  

कार्यक्रममा २४० विद्यार्थीको उपस्थित थिए । कार्यक्रमका अध्यक्ष तुलसी पोखरेलले विद्यार्थीलाई उत्साह प्रदान गर्दै आवश्यक परेको खण्डमा विद्यार्थीलाई तालिम प्रदान गरि दक्ष जनशक्ति उत्पादन गर्ने र भ्रमण वर्ष २०२० लाई प्रभावकारी बनाउन एचएमका विद्यार्थीको ठूलो भुमिका रहने बताए । उनले राम्रो काम गर्ने विद्यार्थीलाई बिएचएम पढ्दा एम्स कलेजले छात्रावृति प्रदान गर्ने घोषणा समेत गरे । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *