थाइल्याण्डको सपिङ सेन्टर गोली काण्ड : मर्नेको संख्या २६ पुग्यो

माघ २६, काठमाण्डौ । थाइल्याण्डमा एक सैनिकले सपिङ सेन्टरमा अन्धाधुन्ध गोली चलाउँदा ज्यान गुमाउनेको सङ्ख्या २६ पुगेको छ ।   

घटनामा अन्य ५७ जना घाइते भएका छन् । नाखोन रात चासिममा ३२ वर्षीय सैनिक जवानले सैनिक क्याम्पमा आफ्ना कमाण्डरको गोली हानी हत्या गरेपछि उनले अन्धाधुन्ध गोली चलाउँदा उक्त गोली लागेर मर्नेको सँख्या २६ पुगेको छ ।   

रातभरि त्यहीँ लुकेका उनीलाई आइतबार बिहान सुरक्षकर्मीले गोली चलाएका थिए । सुरक्षाकर्मिले चलाएको गोली लागि उनी मारिएको दावी गरिएको छ ।  उनले किन आक्रमण गरेको भन्ने बारेमा भने अहिलेसम्म खुलेको छैन ।   

यसअघि ती बन्दुकधारी सपिङ मलको भवनको पछाडिबाट भाग्न खोजेको बताइएको थियो ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *