बागमती प्रदेशकोे भौतिक पूर्वाधार विकासमन्त्री फुँयालले लिए सपथ

हेटौंडा । बागमती प्रदेशकोे भौतिक पूर्वाधार विकासमन्त्री रामेश्वर फुँयाल नियुक्त  भएका छन्। सोमबार मुख्यमन्त्री डोरमणि पौडेलले फुँयाललाई बागमती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रीमा नियुक्त गरेका हुन्। 

उनलाई प्रदेश प्रमुख विष्णु प्रसाद प्रसाँईले प्रदेश प्रमुखको कार्यालयमा पद तथा गोपनीयताको सपथ खुवाएका छन्।   

यसअघि माघ २९ गते फुँयालको सपथ ग्रहण तत्कालका लागि स्थगित भएको थियो। सथपग्रहण कार्यक्रममा मुख्यमन्त्री पौडेलसहित मन्त्रीहरु, प्रदेशसभा सदस्यहरु र प्रदेश सरकारका सचिवहरुलगायतको उपस्थिती थियो। 

null

यस अघि भौतिक पूवौधार मन्त्री केशव स्थापित पदमुक्त भएपछि उक्त मन्त्रालय मुख्यमन्त्री पौडेल आफैले सम्हाल्दै आएका थिए।   

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *