कोरोनाबाट मृत्यु हुनेको संख्या १ हजार ५२६ पुग्यो

फागुन ३, काठमाडौं । चीनको हुपेई प्रान्तको वुहानबाट शुरु भएको कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या १ हजार ५२६ पुगेको छ । शनिबारसम्म चीनमा उक्त भाइरसबाट मर्नेको संख्या १ हजार ५२६ पुगेको हो । 

यो भाइरसका कारण संक्रमित हुनेको संख्या ६७ हजार नाघेको छ । कोरोना भाइरसका कारण शुक्रबार मात्रै चीनमा १३९ जनाको ज्यान गएको छ । चीनको राष्ट्रिय स्वास्थ्य आयोगले दिएको जानकारी अनुसार भाइरसको उद्गमस्थल हुबेईमा मात्रै शुक्रबार ११६ जनाले ज्यान गुमाएका छन् । 

कोरोना भाइरसका कारण फिलिपिन्स, हङकङ र जापानमा एक–एक जनाको मृत्यु भएको छ । चीनमा मृत्यु हुने एक हजार ५२३ मध्ये एक हजार एक सय २३ हुबेईकै मात्रै भएको जनाइएको छ । शुक्रबार चीनमा थप दुई हजार ६४१ जनामा संक्रमण देखिएको छ । 

शनिबार बिहानसम्म कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ६७ हजार एक सय पुगेको चिनियाँ सञ्चार माध्यमले जनाएका छन् । जसमध्ये ६६ हजार ४९२ संक्रमित चीनकै छन् ।  हुपेई प्रान्तको वुहानबाट गत वर्षको अन्त्यतिरबाट संक्रमण शुरु भएको यो भाइरसबाट हुने संक्रमणलाई हालैमात्र वैज्ञानिकले ‘कोभिड–१९’ नाम दिएका छन् । 

प्रतिदिन यस रोगको प्रकोप फैलिएसँगै एकै दिनमा मृत्यु हुनेको संख्यामा पनि वृद्धि भइरहेको छ । पछिल्ला केही दिनमा नयाँ संक्रमण भएका मानिसको संख्यामा ठूलो मात्रामा वृद्धि भएको बताइएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *