प्रभु बैंकका ३ शाखा कार्यालय एकैसाथ सञ्चालनमा

माघ २२, काठमाडौँ ।  प्रभु बैंकले थप शाखा सञ्जाल सहित आफ्नाे बैंकिङ्ग सेवा विस्तार गर्ने क्रममा एकैसाथ ३ वटा शाखा संचालनमा ल्याएको छ ।  यस बैंकले बुधबार कास्की जिल्लाको पोखरा महानगरपालिका वडा नं. २, १३ र २६ मा गरी एकैसाथ ३ वटा शाखा कार्यालयहरु सञ्चालनमा ल्याएको हो ।   

पोखरा महानगरपालिकाको वडा नं. २ स्थित हरिचोक शाखा कार्यालयको बैंकका गण्डकी प्रदेश प्रमुख व्यवसाय अधिकृत श्री शान्ती शेरचनले एक समारोहका बीच समुद्घाटन गरेका हुन्। पोखरा महानगरपालिकाको वडा नं. १३ स्थित बाँझापाटन शाखा कार्यालयको पोखरा महानगरपालिका वडा नं. १३ का वडाध्यक्ष लेख बहादुर तामाङ्गले एक समारोहका बीच समुद्घाटन गरे । त्यसैगरी पोखरा महानगरपालिका वडा नं. २६ स्थित अर्घौंचोक शाखा कार्यालयको लेखनाथ उद्योग वाणिज्य संघ पोखराका अध्यक्ष बलराम ढकालले एक समारोहका बीच समुद्घाट्न गरेका हुन् ।   

पोखरा महानगरपालिकास्थित बैंकका शाखा कार्यालयहरु समुद्घाटन कार्यक्रममा बिभिन्न सरकारी कार्यालयका प्रतिनिधिहरु, विभिन्न राजनैितक दलका प्रतिनिधिहरु, उद्योग वाणिज्य संंघका पदाधिकारीहरु, विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, स्थानीय समाजसेवी, व्यापारी, बुद्धिजिवी लगायत ठूलो संख्यामा सर्वसाधारणको उपस्थिति रहेको थियो । कार्यक्रमका प्रमुख अतिथीले उद्घाटन मन्तव्य राख्ने क्रममा बैंकले पोखरा महानगरपालिका आप्mनो थप ३ वटा शाखा कार्यालयहरु सञ्चालनमा ल्याएर बैंकिङ्ग पहुँच विस्तार गर्दै सेवाग्राहीहरुलाई अत्याधुनिक प्रविधि सहित गुणस्तरीय बैंकिङ्ग सेवा उपलब्ध गराउन लागेकोमा प्रभु बैंकको प्रंशसा गर्दै बैंकिङ्ग कारोबारलाई अझै बिस्तार गर्न हामी स्थानीय सेवाग्राहीहरुले हरेक आर्थिक कारोबार बैंकिङ्ग प्रणाली मार्फत गर्नुपर्ने समय आएको बताए ।   

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *