कोरोना भाइरससँग लडिरहेका डाक्टर/नर्सले माक्स खोल्दा जे देखियो…

माघ १९, काठमाडौं । गएको डिसेम्बरदेखि चीनसँगै कोरोना भाइरसको महामारीसँग जुधिरहेका छन् त्यहाँका डाक्टर र नर्स पनि ।   

चीनले कोरोना भाइरससँगको लडाइँमा आफ्नो सामर्थ्यले भ्याएसम्म गरिरहेको छ भने वुहानका स्वास्थ्यकर्मीहरू अहिले रातदिन कोरोना संक्रमित बिरामीको उपचारमा खटिएका छन् ।  

श्वासप्रश्वासबाट सर्ने भएकाले उपचारमा खटिएका डाक्टर, नर्सहरू उच्च गुणस्तरका मास्क लगाउँछन् । रातदिन नभनि उपचारमा खटिएका कारण माक्स फुकाल्ने फुर्सद पनि पाउँदैनन् उनीहरु ।  

वुहानमा उपचार गरिरहेका डाक्टर र नर्सहरूले ब्रेकको समयमा मास्क खोल्दा उनीहरूको अनुहारमा मास्कको डोब बसेको देखिएको छ । उक्त तस्विर अहिले चीनमा भाइरल भइरहेको छ । 

हुबेई प्रान्तको राजधानी वुहानमा भेटिएको कोरोना भाइरस अहिले विश्वका दर्जनभन्दा बढी देशमा फैलिसकेको छ । हालसम्म चीन बाहिर १ सय ३० जनामा कोराना भाइरस संक्रमण भएको पुष्टि भएको छ ।  

चीनमा मात्रै ३ सय ४ जनाको मृत्यु भइसकेको छ भने फिलिपिन्समा पनि कोरोना संक्रमित एक जनाको मृत्यु भइसकेको छ । आइतबारसम्म चीनमा १४ हजार ३ सय ८० जना संक्रमित छन्, तीमध्ये ११ सय १८ जनाको अवस्था गम्भीर छ भने ४ सय ४४ जना जोखिमपूर्ण अवस्थामा छन्। 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *