कोका–कोलाको नयाँ टिभी कमर्सीयल सार्वजनिक

फागुन ४, काठमाडौँ ।  कोका–कोलाले ५ औं कोका–कोला मोःमोःउत्सव क्याम्पेनका लागि नयाँ टिभी कमर्सीयल सार्वजनिक गरेको छ ।   

यस वर्ष, मोःमोःउत्सव मःम भन्दा पर अझै विभिन्न परिकारका नेपाली खानाहरुको उत्सव मनाउँदै छ । यो अभियानको ट्यागलाइन “खाना जे होला स्वाद बढाउन कोका–कोला” रहेको छ, जसको अर्थ खाना जे भएपनि कोका–कोलाले त्यसको स्वाद बढाएर कुनै पनि क्षणहरुलाई उत्सवमा परिवर्तन गर्दछ । 

यो टिभीसीमा अभिनेत्री साम्रागी आर.एल. शाह र अलिशा राई र गायिका केन्जल श्रेष्ठ, जेय अथर र आइजेन लगाएत रहेका छन् । यस टिभीसीले कोक उपभोक्ताहरुलाई खाना खाने समयमा उनीहरुको साथीहरु र परिवारसँग जोड्ने प्रयास गरेको छ । यसले नेपालीहरुलाई आफ्ना प्रियजनहरुसँग कोकको साथ सामान्य भोजनलाई रमाइलो खानामा परिणत गर्न प्रेरित हुने बताइएकाे छ । 

यस क्याम्पेनका बारेमा कोका–कोला नेपालका कन्ट्री डाइरेक्टर अम्बुज सिंहले भने, “हाम्रो नयाँ क्याम्पेन खाना जे होला स्वाद बढाउन कोका–कोलाले नेपाली संस्कृतिमा खानाको महत्व बुझेर उपभोक्ताहरुलाई मनमा राखेका छौं ।   

नयाँ टिभीसीमा खाना खान भन्दा पनि भोजनलाई कसरी आफ्ना प्रियजनहरुसँग स्मरणीय क्षणमा परिणत गर्न सकिन्छ भनेर देखाइएको छ । यसले सबैलाई जोडेर एकअर्कासँग रमाइलो कुराकानी गर्न लक्षित गरेको छ ।” 

कोका–कोला कम्पनीले नेपालका मोःमोःउत्सव पारखीहरुका लागि थुप्रै आश्चर्यहरु तयार पारिसकेको छ । कोका–कोला मोःमोःउत्सव पर्वको बारेमा सम्पूर्ण जानकारीका लागि ग्राहकले कोका–कोला नेपालको आधिकारिक फेसबुक र इन्स्टाग्राम पेजहरु @cocacolanepal  र फलो गर्नु पर्नेछ । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *