चीनमा रहेका नेपाली ल्याउन सरकारलाई ध्यानाकर्षण

२०७६ फागुन २ गते

फागुन २, काठमाडौँ । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) ले नेपाली विद्यार्थीहरुलाई यथाशीघ्र नेपाल ल्याउन र उनीहरुलाई सुरक्षा प्रदान गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।
छिमेकी मुलुक चीनमा फैलिएको नोबेल कोरोना भाइरसले विश्व त्रसित भएको बेला चीनमा फेसेका नेपालीको उद्धार गर्न संघले सरकारको ध्यानाकर्षण गराएको हो ।
हुवेई प्रान्तबाट शुरु भएको कोरना भाइरसको संक्रमण विश्वका २ दर्जन भन्दा बढी देशमा फैलिएको छ ।
चीनमा अहिलेसम्म उक्त भाइरसबाट १४ सयभन्दा बढीको मृत्यु भईसकेको छ र ६० हजारभन्दा बढी संक्रमित छन् ।

२०७६ फागुन २ गते
प्रतिक्रिया