प्रियंकाकाे ट्रोल हुँदा उनको आमाले भनिन्, ‘उसको शरीर हो, जे मन लाग्छ गरोस्’

माघ १९, काठमाडौँ । गएको आईतबार  ग्रामी अवार्ड २०२० मा सहभागी हुन पुगेकी पुगेकी बलिउड अभिनेत्री  प्रियंका  चोपडा आफ्नो पहिरनका कारण ट्रोल बन्न पुगेकी थिईन्  ।  

उनले  उक्त अवार्डमा जानुभन्दा अघी सामाजिक संजाल मार्फत आफ्ना केही तस्बिरहरु सार्वजनिक  गरेपछी उनीमाथी ट्रोलको वर्षा सुरु भएको थियो भने जब उनी अवार्ड कार्यक्रममा प्रवेश गरिन्  उनको सो पहिरनको धेरेले ट्रोल गरे भने  विभिन्न अन्तर्राष्ट्रिय फेशन आइकनले उनको सो लुक्सलाई निकै मन पराएका थिए ।   

उनले सो अवार्डमा  ‘एक्स्टा लङ्ग नेकलाइन’ नाभीसम्मै पुगेको सेतो गाउन लगाएकी थिईन् । उनले लगाएको उक्त गाउन निकै निकै बोल्ड थियो । यसैका कारण उनले सोसल मिडियामा अत्यधिक ट्रोलिङको सामना गर्नुपरेको थियो ।   

यस्तोमा हालै उनकी आमा मधु चोपडा मुम्बईको एक कार्यक्रममा पुग्दा मिडियाले प्रियंकाको ट्रोलिङमाथि प्रश्न गरे जसको उनले जवाफ दिँदै भनिन्,  ‘यस्तो भएकोमा मलाई खुसी लागेको छ, यसले प्रियंकालाई थप बलियो बनाएको छ । उनी आफ्नो शर्तमा जीवन बाँच्छिन् । उनले कसैलाई पनि हानी पुर्याइरहेकी छैनन् । यो उनको शरीर हो, मन लागेको गरोस् र उनको शरीर निकै राम्रो पनि छ । जहाँसम्म ट्रोलर्सको प्रश्न छ, उनीहरुको जीवनमा कुनै खुसी छैन । यस्तो भनेर उनीहरुले अरुको ध्यान आफूतर्फ केन्द्रीत गर्न खोजिरहेका छन् । र यस्ता मानिसहरुलाई ध्यान दिन म आवश्यक ठान्दिनँ । जब प्रियंकाले उक्त पहिरन लगाउने भएकी थिइन् तब मलाई फाटो पठाएकी थिइन् । उक्त पहिरन मलाई थोरै चुनौतीपूर्ण लागेको थियो तर उनले निकै राम्रोसँग सम्हालिन् ।’  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *