घुस लिँदालिँदै डिभिजन प्रमुख परे अख्तियारको फन्दामा

फागुन ७, काठमाडौँ । बुधबार बिहान बैतडीमा एक डिभिजन प्रमुखलाई  घुस लिईरहेको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको छ ।   

पक्राउ पर्नेमा  जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय पाटन बैतडीका निमित्त डिभिजन प्रमुख  सुरेशराज भट्टलाई अख्तियारले पक्राउ गरेको हो ।   

अख्तियार दुरुपयोग अनुसन्धान आयोग महेन्द्रनगर कञ्चनपुर कार्यालयका अनुसार  चमेलीया नदी नियन्त्रण तथा तटबन्धन आयोजनाको उपभोक्ता समितिका पदाधिकारीबाट घुस लिँदै गर्दा घुस रकम एक लाख  सहित रंगेहात उनी पक्राउ परेका थिए।   

Image result for अख्तियार

पक्राउ परेका भट्टलाई आज महेन्द्रनगरमा राखिने र भोलि अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगाल लगिने बताइएको छ ।   

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *