यी खानेकुराको अत्याधिक सेवनले क्यान्सर हुन सक्छ हैँ

माघ १५, काठमाडाैँ ।  क्यान्सर एउटा डरलाग्दो रोग हो  । यस रोगको समयमै राम्रोसँग उपचार नभए मानिसको ज्यान समेत जान्छ ।  त्यसैले यसलाई प्राण घातक रोग भनिन्छ । क्यान्सर धेरै प्रकारको हुन्छन् कुनै क्यान्सर उपचार गरेपपछी निको हुने हुन्छ भने कुनै क्यान्सर उपचार गर्दा पनि निको नै नहुने पनि हुन्छ ।   

कतिपय क्यान्सर हामीले हाम्रो स्वास्थ्यमा हेलचक्राई गर्दा पनि हुने हुन्छ ।  जस्तै हामीले हाम्रो खानपानमा राम्रोसँग ध्यान दिएनौँ भने पनि हामीलाई क्यान्सर लाग्न सक्छ । कुनै खानेकुराको अत्याधिक सेवनले पनि क्यान्सर लाग्न सक्छ ती खानेकुरा के–के हुन् आज हामी तपाईलाई बताउँने छौँ ।  

रातो मासु 

Image result for क्यान्सर

सुंगुर र खसीको फलमासु खान मज्जा आउँछ । तर, यस्तो रातो मासु बढी खाने गर्नाले क्यान्सर लाग्ने जोखिम बढी हुन्छ । बार्बिक्यू गरिएका मासु र ससेजजस्ता मांस परिकार बढी खाने गर्नाले पनि क्यान्सरको जोखिम बढी हुन्छ । रातो मासु दिनमा १ सय ४० ग्रामभन्दा बढी खानु हुँदैन । 

तारेको खानेकुरा 

तारेको खानेकुरा बढी खाइयो भने शरीरमा एक्रिलामाइड नामक तत्वको सञ्चय बढ्छ, जसले पुरुषमा सन्तान उत्पादन गर्ने क्षमता कम गरिदिनेदेखि क्यान्सर लगाउनेसम्मको जोखिम बढाउँछ । उसिनेको खानामा एक्रिलामाइड तत्व कम हुन्छ । त्यसैले उसिनेको परिकार लाभदायक हुन्छ । 

नुन 

दिनमा छ ग्रामभन्दा बढी नुन खानु हुँदैन । नुन बढी खाने गर्नाले उच्च रक्तचाप र हृदयाघातको मात्र नभई क्यान्सरको जोखिम पनि बढी हुन्छ । 

 रक्सी तथा चुरोट 

रक्सीको लत लागेको छ भने दुई पेगभन्दा बढ्ता नखाने गर्नु स्वास्थ्यका लागि लाभदायक हुन्छ । बढी रक्सी खाने गर्नाले मुख, पाठेघर र स्तनसम्बन्धी क्यान्सर हुने जोखिम बढी हुन्छ । त्यसै चुरोट खाने मानीसलाई फोक्सोमा क्यान्सर हुने सम्भावना बढि हुन्छ । 

बोसोयुक्त मासु 

बोसोयुक्त मासु र जनावरको बोसो हालेर बनाइएको चिज, बटरजस्ता खाना भरिसक्के खानु हुँदैन । यस्ता खानाले क्यान्सर हुने जोखिम बढाउँछन् । मासुको सट्टा माछा खानु उपयुक्त हुन्छ । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *