यी रोग भएकाले जाडोमा बिर्सेर पनि नखानुस् काउली

पुस २९,। जाडौ मौसमका काउलीको तरकारी खान धेरैले रुचाउँछन् । यसलाई मानिसहरुले तरकारी मात्र होइन् पराठा तथा पकौडा समेत बनाएका खाने गर्दछन् । काउलीको तरकारी खानु स्वास्थ्यको लागी पनि लाभदायक हुन्छ । यसमा भिटामिन, क्याल्सियम, प्रोटिन, पोटासियम, कार्बोहाइड्रेट, आइरल, मिनरल्स, एन्डिअक्सिडेन्ट, फाइटोन्यूट्रियन्ट्स, फ्लेवोनोइड्स, फाइटोन्यूट्रियन्स लगायतका तत्वहरु प्रशस्त मात्रामा पाइन्छ । 

 यसले हामीलाई शरिरमा लाग्ने घातक रोगहरु एनिमिया, स्तन क्यान्सर, मुटुरोगबाट पनि बचाउँछ । तर डाइटिसियनका अनुसार काउलीको तरकारी केही रोगीहरुको लागी खतरनाक हुन्छ । जान्नुस् ,कुन कुन रोग हो ? थाइराइडका बिमारी : काउलीको तरकारी थाइराइडको बिरामीको लागी खतरनाक हुन सक्छ । किनभने यसमा गाइट्रोगन नामक तत्व पाइन्छ । जसले थाइराइडलाई असर पुर्याउने काम गर्छ । 

ग्याष्ट्रिकको बिरामी : ग्याष्ट्रिकको बिरामीको लागी पनि काउलीको तरकारी खतरनाक हुन्छ । किनभने काउलीमा पाइने पोषक तत्वले पाचन प्रणालीमा समस्या पैदा गर्दछ । त्यसका साथै स्तनपान गराईरहेकी महिलाले पनि काउलीको तरकारी खानु हुदैन् । यदि खाएमा ग्याष्ट्रिकको समस्याले सताउन सक्छ । 

Related image

ब्लड क्लटिङको समस्या भएको बिरामी : काउली शरिरमा ब्लड क्लटिङको समस्या भएको बिरामीको लागी पनि खतरनाक हुन्छ । किनभने यसमा पाइने भिटामिन के ले ब्लड क्लटिङमा समस्या पैदा गर्दछ । त्यति मात्र होइन् , रगतलाई गाढा बनाउने औषधि सेवन गरिरहेका महिलाहरुले पनि काउली खानु हुदैँन् । एजेन्सी 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *