निर्भया बलात्कार हत्याकाण्डः आरोपीलाई सुनाइएको फाँसीको सजाय रोक्न अदालतको आदेश

माघ १७, भारत ।  । निर्भया बलात्कार हत्याकाण्डका आरोपीलाई सुनाइएको फाँसीको सजाय रोकिएको छ  । शुक्रबार दिल्लीस्थित पटियला हाउस अदालतले दोषीलाई तत्काल फैसला नदिने निर्णय सुनाएको हो । 

१६ डिसेम्बर २०१२ मा दिल्लीमा भएको सो काण्डमा मुकेश सिंह, विनय शर्मा, अक्षयकुमार र पवन गुप्तालाई दोषी ठहर गर्दै फाँसी दिने फैसला सुनाइएको थियो । चारै जनालाई १ फरवरीमा फाँसीमा झुण्ड्याउने तयारी थियो ।   

सन् २०१२ डिसेम्बर १२ को राति नौ बजे मेडिकल कलेजकी छात्रा २३ वर्षीया निर्भया र उनका केटा साथी बस चढेका थिए। बसका चालक र अन्य पाँच पुरुषले ती महिलालाई सामूहिक बलात्कार गरेका थिए र उनका केटा साथीलाई नराम्ररी कुटपिट गरेका थिए । नग्न र रक्ताम्य अवस्थामा उक्त जोडीलाई बाटोको छेउमा फालिएको थियो। 

बाटो हिँडिरहेका केही मानिसले उनीहरूलाई देखेपछि अस्पताल पुर्‍याए र प्रहरीलाई खबर गरेका थिए । निर्भयाको पन्ध्र दिनपछि मृत्यु भएको थियो।   

एक आरोपीलाई नाबालक भन्दै त्यसबेलानै सफाई दिइएको थियो भने अर्का एकजना रामसिंहले तिहाड जेलमा आत्महत्या गरेका थिए । एजेन्सी 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *