मकैको बोरामुनी भन्सार छलिको कपडा

माघ १, काठमाडाैँ ।  महानगरीय प्रहरीले प्रभाग नागढुङ्गाले कन्टेनरमा लुकाई छिपाई ल्याईएको भन्सार छलिका कपडा बरामद गरेको छ । 

काठमाडाैँ चन्द्रागिरी  ।२ नागढुंगा चेक प्वाइन्टमा चेक जाँच गर्दा कन्टेनरमा लुकाई छिपाई ल्याईएको भन्सार छलिका कपडा बरामद गरेको हो । 

महानगरीय प्रहरी बृत्त थानकोटका डिएसपी घनश्याम श्रेष्ठले मकवानपुर थाहा न.पा. वडा नं. ११ घर बताउने बर्ष  ४२ को आन्नद लामाले चन्द्रानिगाहापुरबाट काठमाडाैँ ल्याईरहेको ना. ५ ख ९६०५ नम्बरको कन्टेनर गाडी भित्र मकै र सो भन्दा मुनि कपडाहरू लुकाई राजधानी पास गराउन खोजेको अवस्थामा गाडी सहित नियन्त्रणमा लिएको बताए । 

डिएसपी श्रेष्ठले भने, ‘हामीले  कन्टेनर गाडीमा मकैको बोराहरू रहेकोमा उक्त बोराहरू भन्दा भित्र लुकाई छिपाई ल्याएको अवस्थामा ६१ बोरा भन्सार छलि गरेको कपडाहरू फेला परेकोले तत्काल निजलाई नियन्त्रणमा लिईएर उक्त कपडाहरूको सम्बन्धमा निजले कुनै प्रकारको कागजात देखाउन नसकेपछि रितपूर्वक बरामद गरी आवश्यक अनुसन्धान तथा कार्वाहीको लागि निजलाई बरामद कन्टेनर तथा सामानहरूसहित   त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल, भन्सार कार्यालय सानो गौचरण पठाईएका छौ।”   

बरामद गरिएको कपडाको बजार मुल्य अन्दाजी मूल्य ६० लाख रहेको थानकोट प्रहरीले जनाएको छ  । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 − 8 =