कोरोना भाइरसः पाकिस्तानले बन्द गर्यो चिनियाँ उडान

माघ १७, काठमाडौं । पाकिस्तानले विश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाइरसलाई मध्यनजर गर्दै सबै चिनियाँ उडानमा रोक लगाएको छ । पाकिस्तानको नागरिक उड्डयन प्राधिकरणले चिनियाँ उडानमा रोक लगाएको हो ।   

प्राधिकरणले भनेको छ– ‘पाकिस्तान र चीन बिच हुने सबै उडान तत्कालका लागि बन्द गरिएको छ । फेब्रुअरी २ सम्म चीन र पाकिस्तान बीच कुनै उडान हुने छैन ।’ 

चीनमा अहिलेसम्म कोरोना भाइरसबाट २ सय १३ जनाको मृत्यु भइसकेको छ भने ८१६ व्यक्तिमा संक्रमण देखिएको छ। जसमध्ये चीनमा मात्र ९ हजार ६९२ जनामा संक्रमण देखिएको छ। 

पाकिस्तान

पाकिस्तानी अखबारले ट्रिब्यूनका अनुसार पाकिस्तानका करिब ५०० छात्र चीनमा अध्ययन गरिरहेका छन् । चीनमा कुल पाकिस्तानीको संख्या २८ देखि ३० हजार भन्दा ज्यादा रहेका छन् ।   

पाकिस्तानको नागरिक उड्डयन प्राधिकरणका सचिव अब्दुल सत्तारले एक पाकिस्तानी मिडियामा भनेका छन्, ‘पाकिस्तानी अन्तर्राष्ट्रिय एयरलाइन्सले चीनबाट दुई उडानहरू सञ्चालन गर्दछ । अहिले दुबैलाई निलम्बित गरिएको छ। 

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले पनि विश्वव्यापी स्वास्थ्य आपतकालको घोषणा गरिसकेको छ ।   बिहीबार जेनेभामा बसेको विश्व स्वास्थ्य संघटनको संगठनको इमरजेन्सी कमिटीको बैठकले यस्तो घोषणा गरेको हो।   

चीनको वुहान शहरबाट सुरु भएको कोरोना भाइरसको संक्रमण विश्वका १८ देशमा फैलिसकेको छ । कोरोना भाइरस तीव्र गतिमा विश्वव्यापी रुपमा फैलन थालेपछि आपतकालीन घोषणा गरिएको डब्लुएचओले जनाएको छ ।   

भाइरसले चीन बाहिर १८ देशका ९८ जनामा सङ्क्रमण भएको पुष्टि भएको डब्लुएचओले जनाएको छ। जर्मनी, जापान, भियतनाम र अमेरिकामा यो भाइरस मान्छेबाट मान्छेमा सरेको पुष्टी भएको छ। 

डब्ल्यूएचओले यसअघि सन् २००९ मा स्वाइनफ्लु, सन् २०१४ मा पोलियो, सन् २०१६ मा जिका, तथा सन् २०१४ र सन् २०१९ मा इबोला सङ्क्रमण गरी पाँच पटक विश्व स्वास्थ्य आपतकाल घोषणा गरेको थियो। 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *